إعدادات العرض
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तल्बिया यस प्रकार थिए: 'लब्बैक अल्लाहुम्म लब्बैक्, लब्बैक ला शरीक ल क लब्बैक्,…
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तल्बिया यस प्रकार थिए: 'लब्बैक अल्लाहुम्म लब्बैक्, लब्बैक ला शरीक ल क लब्बैक्, इन्नल् हम्द वन्निअमत ल क वल् मुल्क्, ला शरीक लक् ।'
अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तल्बिया यस प्रकार थिए: 'लब्बैक अल्लाहुम्म लब्बैक्, लब्बैक ला शरीक ल क लब्बैक्, इन्नल् हम्द वन्निअमत ल क वल् मुल्क्, ला शरीक लक् ।' अर्थ : हे अल्लाह, म तिम्रै निम्ति हाजिर छु, तिम्रो कोही साझेदार छैन । सम्पूर्ण प्रकारको प्रशंसा, वरदान र राज्य सबै तिम्रै हो । वास्तवमा, तिम्रो कोही साझेदार छैन । रावी (कथावाचक) भन्छन् अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हु) यसमा यी शब्दहरू थप्थे: लब्बैक लब्बैक, वसअ्दैक, वल-खैरु बियदैक, लब्बैक, वर-रग्बा इलैक वल-अमल।” अर्थातः(म यहाँ छु, तपाईंको सेवामा, म तपाईंको सामु आउन पाउँदा भाग्यशाली छु, कल्याण तपाईंको हातमा छ, इच्छा तपाईंतर्फ छ र कर्म पनि तपाईंको लागि हो।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî සිංහල Русский Kiswahili Tiếng Việt অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული ಕನ್ನಡ Moore Македонски ไทย Українська తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy پښتو ភាសាខ្មែរ Svenska Wolofالشرح
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) हज वा उमरामा प्रवेश गर्न चाहनुहुन्थ्यो, त उहाँले यो तल्बिया भन्नुहुन्थ्यो: (लब्बैक अल्लाहुम्मा लब्बैक) अर्तातः यो उत्तर निरन्तर दोहोरिने उत्तर हो, जुन अल्लाहले हामीलाई इख्लास (निष्ठा), तौहीद (एकेश्वरवाद), हज र अन्य इबादतमा बोलाउनु भएको छ। (लब्बैक ला शरीक लक लब्बैक) "तपाईंको कुनै साझेदार छैन।” यसले अल्लाहको रुबुबिय्यत, उलुहिय्यत, नाम र गुणहरूमा कुनै साझेदार छैन भन्ने तौहीदलाई स्पष्ट गर्छ। (इन्नल-हम्द) वास्तवमा, प्रशंसा, र धन्यवाद तपाईंको लागि मात्र हो। (वन्निअम-त) सबै अनुग्रह तपाईंबाटै हो र तपाईं मात्र यी चीजहरू प्रदान गर्नुहुन्छ। (लक) यी सबै चीजहरू तपाईंको लागि हरेक परिस्थितिमा गरिनेछ। (वल् मुल्क्) राज्य तपाईंको हो। (ला शरीक लक्) तपाईंको कुनै साझेदार छैन, त्यसैले यी सबै चीजहरू तपाईंको लागि मात्र गरिनेछ। अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) यी शब्दहरू थप्थे: (लबैक लबैक व सादैक) म तपाईंको सेवामा छु। मलाई बारम्बार खुशीले फलदायी बनाउनुहोस्। (वल-खैरो बियदिक) सबै भलाइ तपाईंको हातमा छ र तपाईंको अनुग्रहबाट मात्र आउँछ। (लबैक वर्रगबा ओ इलैक) म तपाईंको सेवामा छु। अनुरोध र प्रश्न उहाँलाई गरिनेछ जसको हातमा भलाइ छ। (वल-अमलु) र कर्म पनि तपाईंको लागि हो। किनकि तपाईं मात्र उपासनाको योग्य हुनुहुन्छ।فوائد الحديث
हज र उमरहको समयमा तल्बिया पढ्नु र यो कुरामा जोड दिइएको छ किनकि यो हज र उमरहको विशेष प्रतीक हो, जसरी तकबीर नमाजको विशेष प्रतीक हो।
इब्ने मुनिर भन्छन्: तल्बियाको वैधताले संकेत गर्छ, उनको घरमा पुगेका सेवकहरू वास्तवमा अल्लाहको निमन्त्रणामा आएका हुन्।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सिकाउनु भएको तल्बिया निरन्तर पढ्नु राम्रो हो। तर केही थप्नुमा कुनै आपत्ति छैन, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) यसमा मौन थिए। इब्न हजरले भने: यो न्यायपूर्ण दृष्टिकोणको उत्तम रूप हो। प्रत्यक्ष रूपमा आएको (मर्फ़ूअ) (तलबियहका) शब्दहरू अलग राख्नुपर्छ। तर यदि कसैले सहाबाहरूको भनाइ (मौक़ूफ़) वा आफ्नै उपयुक्त शब्दहरू थप्न चाहे, तिनीहरूलाई पैगम्बरको (मर्फ़ूअ)तल्बियासँग मिसाउनु हुँदैन, अलगै पढ्नुपर्छ। यो वास्तवमा तशहहुदको प्रार्थना जस्तै हो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसको बारेमा भन्नुभयो: त्यसपछि, उसले प्रशंसा र दुआका जुनसुकै शब्दहरू चाहन्छ त्यो छनौट गर्न सक्छ। अर्थात्, (मर्फ़ूअ) उल्लेख गरिएका शब्दहरू समाप्त गरेपछि।
पुरुषहरूले ठूलो स्वरमा तल्बिया पढ्नु मुस्तहब हो, तर महिलाहरूले फितना नहोस् भनेर यसलाई बिस्तारै पढ्नु पर्छ।
التصنيفات
इहरामका प्रावधानहरू