सदैव तिम्रो जिब्रो (मुख) अल्लाहको जिक्र ( जपन/ ध्यान)मा लागेको होस् ।

सदैव तिम्रो जिब्रो (मुख) अल्लाहको जिक्र ( जपन/ ध्यान)मा लागेको होस् ।

हजरत अब्दुल्लाह बिन बुस्र (रजियल्लाहु अन्हु)द्वारा वर्णन छ: एक जना मान्छेले भन्यो : हे अल्लाहका रसूल ! इस्लामका आदेशहरू धेरै भएकाले मलाई गार्हो भयो । तसर्थ मलाई कुनै यस्तो कुरा बताइ दिनु होस् कि जो म सजिलोगरि समात्न सकूँ । उहाँले भन्नु भयो : "सदैव तिम्रो जिब्रो (मुख) अल्लाहको जिक्र ( जपन/ ध्यान)मा लागेको होस् ।"

[सही] [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]

الشرح

एक जना मान्छेले नबी-ए-करीम (सल्लल्लाहु अलैहि वसल्लम)सित गुनासो गर्यो कि उसलाई नफ्ली उपासनाहरू यति धेरै लाग्छन् कि कमजोरीका कारण पूरा गर्न सक्दैन । त्यस पछि उसले अनुरोध गर्यो कि कुनै सानो यस्तो काम बताइ दिनु पर्यो जसले धेरै सवाब ( प्रतिफल) मिलोस् र उसले त्यसलाई बलियोसित समात्न पनि सकोस् । सो अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले उसलाई यसको तरिका बताउनु भयो कि निरन्तर उसको मुखमा अल्लाह जिक्र होस् र हरेक अवस्था र हालतमा अल्लाहको याद होस् । जिक्रमा सुब्हानल्लाह, अल्हम्दुदिल्लाह,अस्तग्फिरुल्लाह आदी दुआहरू सम्मिलित छन् ।

فوائد الحديث

अल्लाहको जिक्रमा निरन्तरता दिने विशिष्टता

अल्लाहको ठूलो कृपा मध्ये उहाँले यसका लागि कल्याण(भलो) हुने साधनहरूको जोहो गरि दिनु भएको छ ।

भलाई र पुण्यका कामहरूमा मान्छेहरू एक अर्का भन्दा बेग्लै दर्जाहरू भएका हुन्छन् ।

धेरै भन्दा धेरै र मन लगाएर सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, ला इलाह इल्लाल्लाह, अल्लाहु अक्बर आदी भन्नु कैयौँ नफील उपासनाहरू भन्दा उत्तम हुन्छ ।

उहाँले(सल्लल्लाहु अलैहि वसल्लम), प्रश्नकर्तालाई उसलाई उपयुक्त हुने कुरा ध्यानमा राखेर जवाफ दिनु ।

التصنيفات

जिक्रका सद्गुणहरू