إعدادات العرض
जो बिहान वा बेलुका मस्जिद जान्छ, अल्लाहले उसको लागि स्वर्गमा स्वागतका लागि स्थान तयार गर्नुहुन्छ, हरेक पटक जब ऊ…
जो बिहान वा बेलुका मस्जिद जान्छ, अल्लाहले उसको लागि स्वर्गमा स्वागतका लागि स्थान तयार गर्नुहुन्छ, हरेक पटक जब ऊ बिहान वा बेलुका मस्जिद जान्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो बिहान वा बेलुका मस्जिद जान्छ, अल्लाहले उसको लागि स्वर्गमा स्वागतका लागि स्थान तयार गर्नुहुन्छ, हरेक पटक जब ऊ बिहान वा बेलुका मस्जिद जान्छ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî Português සිංහල Nederlands অসমীয়া Tiếng Việt Kiswahili ગુજરાતી پښتو Română മലയാളം Deutsch Кыргызча ქართული Moore Magyar తెలుగు Svenska ಕನ್ನಡ Українська Македонски Kinyarwanda Oromoo ไทย Српски मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy Wolof ភាសាខ្មែរ Lietuviųالشرح
अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले उपासना, ज्ञान आर्जन, वा अन्य सुभ उद्देश्यका लागि दिनको सुरु वा अन्तिमसमयमा मस्जिद आउने व्यक्तिका लागि शुभ खबर दिनु भएको छ, चाहे राती वा दिनको जुनसुकै समयमा आओस्; अल्लाह तआला उसका लागि (जन्नत) स्वर्गमा स्थान र आतिथ्य तयार गर्नु भएको हुन्छ ।فوائد الحديث
मस्जिद जाने र त्यहाँ नियमित रूपमा अनिवार्य नमाज पढ्न प्रोत्साहित। मस्जिदबाट टाढा बस्ने व्यक्तिले अनगिन्ती राम्रा कुराहरू, पुण्यहरू, इनामहरू र अल्लाह सर्वशक्तिमानले तयार पारेको स्थान र आतिथ्य गुमाउँछ।
जब मानिसहरूले आफ्नो घरमा आउने पाहुनाको आतिथ्य गर्छन् र उसलाई खाना खुवाउँछन्, अल्लाह आफ्ना सेवक भन्दा उदार र सम्मानित हुनुहुन्छ। उहाँले आफ्नो घरमा आउने पाहुनाको सम्मान पनि गर्नुहुन्छ र उसलाई राम्रो भोज पनि दिनुहुन्छ।
मस्जिद जानु स्वागतयोग्य र ईर्ष्यालु कुरा हो, किनकि एक व्यक्ति जति धेरै पटक मस्जिद जान्छ, त्यति नै धेरै पटक उसको लागि आतिथ्य तयार पारिन्छ ।
التصنيفات
सामूहिक सलाहको सद्गुण र यसका नियमहरू