हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको…

हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको लतमा मर्छ भने ऊ परलोकमा त्यसबाट बञ्चित हुनेछ ।

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको लतमा मर्छ भने ऊ परलोकमा त्यसबाट बञ्चित हुनेछ ।"

[सही]

الشرح

नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले स्पष्ट रूपमा बताउनुभयो कि कुनै पनि पदार्थ जसले चेतना हराउँछ र होश नष्ट गराउँछ, त्यो मादक पदार्थ (शराब) हो, चाहे त्यसलाई पिइएको होस्, खाइएको होस्, सुँघिएको होस्, या कुनै अन्य माध्यमले प्रयोग गरिएको होस्। जुनसुकै कुरा जसले नशा गराउँछ र चेतना हराउँछ, त्यसलाई अल्लाहले हराम ठहराउनुभएको छ र त्यसबाट बच्न आदेश दिनुभएको छ, चाहे त्यो थोरै होस् या धेरै। जसले यी नशालु पदार्थहरूमध्ये कुनै लतमा पर्छ र पश्चात्ताप नगरिकन मर्छ भने; अल्लाहले उसलाई स्वर्ग मा त्यसबाट वञ्चित गरेर सजाय दिनुहुनेछ ।

فوائد الحديث

मदिरालाई निषेध गर्ने कारण भनेको नशा हो । त्यसैले हरेक प्रकारको मादक पदार्थ निषेध गरिएको छ ।

रक्सिले गर्दा पर्न गएको ठूला हानि र खराबीहरूले गर्दा अल्लाहले रक्सीलाई निषेध गर्नुभएको छ ।

स्वर्गमा रक्सी पिउनु पूर्ण आनन्द र आशिषको संकेत हो ।

जसले यस संसारमा रक्सी पिउन छोड्दैन, अल्लाहले उसलाई स्वर्गमा रक्सी पिउनबाट रोक लगाउनुहुनेछ, किनभने कर्म अनुसार दण्ड दिइनेछ ।

मृत्यु अघि पापबाट पश्चात्तापमा हतार गर्न प्रोत्साहन ।

التصنيفات

निषेधित पेयहरू