यी (दश) दिनहरूमा पुण्य कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस…

यी (दश) दिनहरूमा पुण्य कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस दिन

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "यी (दश) दिनहरूमा पुण्य कर्महरू गर्नु अरु दिनहरू भन्दा अल्लाहलाई बढी प्रिय छ ।" अर्थात जुल-हिज्जा महिनाको पहिलो दस दिन । उहाँका साथीहरूले सोधे: हे अल्लाहको रसूल! अल्लाहको मार्गमा जिहाद पनि होइन? उहाँले जवाफ दिनुभयो: "होइन, अल्लाहको मार्गमा जिहाद पनि होइन, तर त्यो व्यक्ति बाहेक जो आफ्नो जीउधनको साथ जिहादको लागि निस्कन्छ र ती मध्ये केही लिएर फर्कदैन ।"

[सही] [बुखारी र अबू दाउदले वर्णन गरेका छन् र यो शब्द उनको हो]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जुल-हिज्जा महिनाको पहिलो दश दिनमा पुण्यका काम गर्नु वर्षको अन्य दिनहरूमा पुण्य कर्महरू गर्नु भन्दा राम्रो छ । त्यसैले उहाँका साथीहरूले सोधे, यी दस दिनहरू बाहेक अन्य दिनहरूमा अल्लाहको मार्गमा जिहाद गर्नु उत्तम हो कि यी दस दिनमा सत्कर्म गर्नु ? किनभने जिहाद उत्तम कार्यहरू मध्ये एक हो भन्ने कुरा उनीहरूलाई थाहा थियो । यसको जवाफ दिँदै रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : यी दश दिनहरूमा राम्रो काम गर्नु अन्य दिनहरूमा जिहाद गर्नु भन्दा राम्रो हो! त्यो व्यक्ति बाहेक जसले अल्लाहको बाटोमा जिहादको लागि आफ्नो जीउधनलाई जोखिममा राखेर निस्क्यो र अल्लाहको बाटोमा आफ्नो सम्पत्ति र ज्यान सबै थोक अर्पण गर्यो । यी दश दिनहरूमा पुण्य कर्म गर्नुभन्दा यो व्यक्तिको यस कर्म (शहादत) उत्तम हो ।

فوائد الحديث

जुल-हिज्जा महिनाको पहिलो दश दिनमा पुण्य कर्म गर्नुको पुण्य । तसर्थ, मुस्लिमले यी दश दिनहरूलाई आशीर्वादको रूपमा लिएर फाइदा उठाउनुपर्दछ । ती दिनहरूमा अल्लाहको महिमा गर्ने, कुरानको पठन गर्ने, तकबीर, तहलील, तहमीद, नमाज, दान, उपवास जस्ता धेरै पुण्य कामहरू गर्नुपर्दछ ।

التصنيفات

जुल-हिज्जाको अन्तिम दश दिन, जिहादको पुण्य