प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्:…

प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।

काअ्ब बिन उज्रा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनिवार्य नमाजपछि अज्कार (प्रार्थना) पढ्नेहरू कहिल्यै हानी, असफलता वा पछुतोमा पर्ने छैनन् र तिनीहरुले पुण्य पाउनेछन् भनेर स्पष्ट पार्नुभएको छ, ती हुन्: "सुब्हानल्लाह" ३३ चोटि, अर्थात् अल्लाह सबै कमी र अवगुणबाट पवित्र हुनुहुन्छ । "अल-हम्दु लिल्लाह " ३३ चोटि, अर्थात् अल्लाहको सम्पूर्ण पूर्णता, उहाँप्रतिको प्रेम र महिमासहित उहाँको प्रशंसा गर्नु हो। "अल्लाहु अकबर" ३४ चोटि, अर्थात अल्लाह सबै भन्दा महान र शक्तिशाली हुनुहुन्छ ।

فوائد الحديث

यसबाट तस्बीह (सुब्हानल्लाह), तहमीद (अल-हम्दु लिल्लाह) र तक्बीर (अल्लाहु अकबर) पढ्ने सद्गुण प्रस्ट हुन्छ, किनभने यी नै बाँकी रहने पुण्य कर्महरू हुन्।

التصنيفات

सलाहमा पढिने दुआहरू, अल्लाहको जिक्र (स्तुति) गर्ने लाभहरू