إعدادات العرض
हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने:…
हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।
उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान् हो ?" उनले भने: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले (दोस्रो पटक) सोध्नुभयो: "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।"
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Bosanski සිංහල हिन्दी Tiếng Việt Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Kurdî Wolof Moore Soomaali Français Tagalog Українська Azərbaycan தமிழ் bm Deutsch ქართული Português Македонски Magyar Русский 中文 فارسی ភាសាខ្មែរ አማርኛ Malagasy Oromoo ไทยالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) सगँ अल्लाहको पुस्तकको सबैभन्दा महान् आयातको बारेमा सोध्नु भयो र उनी जवाफ दिन हिचकिचाए तर पछि उनले जवाफ दिए : महान् श्लोक आयतुल-कुर्सी; {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कैयूम} हो। नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले उनको जवाफ लाई स्वीकृत गर्नुभयो र उनको छाती ज्ञान र विवेकले भरिएको छ भनेर संकेत गर्न उनको छाती आफ्नो हातले थपथप्याउनु भयो । यो ज्ञान उनको लागि खुशीको स्रोत बनोस् र ज्ञान प्राप्ती सहज होस् भन्ने कामना पनि उहाँले गर्नुभयो ।فوائد الحديث
यस बाट उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) को श्रेष्टता प्रस्ट हुन्छ ।
कुर्आनको सबैभन्दा ठूलो श्लोक आयतुल-कुर्सी हो भन्ने कुराको प्रमाण, अतः यसलाई कण्ठ गर्नु, यसमा मनन गर्नु र यस अनुसार कर्म गर्नु आवश्यक छ ।