إعدادات العرض
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो
नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो
अम्र बिन आमिरले बयान गरेका छन्, अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले भनेका छन् : नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक नमाजको लागि वुजू गर्नुहुन्थ्यो। मैले सोधेँ, "त्यस बेला तपाईंहरू के गर्नुहुन्थ्यो?" उहाँले जवाफ दिनुभयो, "हामीमध्ये कोहीले वुजू गरेको भए, वुजू नटुटेसम्म त्यही वुजू अन्य नमाजहरुका लागि पर्याप्त हुन्थ्यो।"
[सही] [बुखारीले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa తెలుగు Kiswahili ไทย پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda മലയാളം Bosanski ಕನ್ನಡ Kurdî Oromoo Română Shqip Soomaali Српски Українська Wolof Moore Tagalog தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Македонски Русский bm አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) वुजू भंग नभए पनि हरेक अनिवार्य नमाज को लागि वुजू गर्नुहुन्थ्यो । उहाँ पुण्य पाउनको लागि यसो गर्नुहुन्थ्यो । वुजू भंग भएको छैन भने एक वुजूले कैयौं समयका अनिवार्य नमाज पढ्न अनुमति छ ।فوائد الحديث
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः हरेक नमाज को लागि वुजू गर्नुहुन्थ्यो; किनभने यो सबैभन्दा उत्तम र पूर्ण तरिका हो ।
हरेक नमाजका लागि वुजू गर्नु मुस्तहब (उत्प्रेरित कार्य) हो ।
एक पटक गरिएको वुजूले एकभन्दा बढी नमाज पढ्न अनुमति छ ।
التصنيفات
वोजूको सद्गुण