वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।

वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।

जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्ति र कुफ्र (अविश्वास) र शिर्क(बहुईश्वरवाद)को बीचमा फरक पार्ने कुरा नमाज छोड्नु हो भनेर फर्ज नमाज (अनिवार्य) छोड्न विरुद्ध कडा चेतावनी दिनुभएको छ । किनभने नमाज इस्लामको दोस्रो स्तम्भ र निकै नै महत्त्वपूर्ण कर्तव्य हो । यसको फर्जियत (अनिवार्यता) लाई इन्कार र यसलाई परित्याग गर्ने व्यक्ति काफिर हो भन्ने कुरामा सम्पूर्ण मुस्लिमहरूको इज्मा (एकमत) रहेको छ । त्यसैगरी यदि कसैले आलस्यले गर्दा पूर्णतया नमाजलाई त्याग्यो भने ऊ पनि काफिर हो र यस विषयमा सहाबाहरूको इज्मा (एकमत) रहेको छ । तर यदि कसैले कहिलेकाहीँ नमाज पढ्छ र कहिलेकाहीँ छोड्छ भने ऊ उक्त कडा चेतावनीको खतरामा हुनेछ ।

فوائد الحديث

पावन्दीका सथा सलाह (नमाज) स्थापना गर्नुको महत्व, किनभने यो

कुफ्र (अविश्वास) र ईमान (विश्वास) बीचको भिन्नता हो ।

नमाज छाड्ने र यसलाई बर्बाद गर्नेहरूका लागि कडा चेतावनी ।

التصنيفات

नवाकिजुल-इस्लाम (इस्लामबाट खारेज गर्ने कुराहरू), कुफ्र (अविश्वास), सलाहको अनिवार्यता र यसलाई छोड्ने व्यक्तिको हुकुम