إعدادات العرض
यदि म अनिवार्य नमाजहरू कायम राख्छु, रमजानमा उपवास बस्छु, हलाल (वैध) लाई हलाल मानेर अनुसरण गर्छु र हराम कुराहरूलाई…
यदि म अनिवार्य नमाजहरू कायम राख्छु, रमजानमा उपवास बस्छु, हलाल (वैध) लाई हलाल मानेर अनुसरण गर्छु र हराम कुराहरूलाई त्याग्छु
अबु अब्दिल्लाह जाबिर बिन अब्दुल्लाह अल-अन्सारी (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्: एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधे, "यदि म अनिवार्य नमाजहरू कायम राख्छु, रमजानमा उपवास बस्छु, हलाल (वैध) लाई हलाल मानेर अनुसरण गर्छु र हराम कुराहरूलाई त्याग्छु र यसबाहेक अरू केही गर्दिनँ भने — के म स्वर्ग (जन्नत) मा प्रवेश गर्नेछु?" उहाँले उत्तर दिनुभयो: "हो (तिमी स्वर्गमा प्रवेश गर्नेछौ)।"
الترجمة
العربية Español አማርኛ English اردو Indonesia বাংলা Français Türkçe Русский Bosanski සිංහල हिन्दी 中文 فارسی Tiếng Việt Tagalog Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ ไทย Deutsch پښتو অসমীয়া Shqip Nederlands ગુજરાતી Кыргызча Lietuvių دری Српски тоҷикӣ Kinyarwanda Română Magyar Čeština Moore Malagasy Oromoo ಕನ್ನಡ Wolof Azərbaycan O‘zbek Українська ქართული Македонски ភាសាខ្មែរ Bambara ਪੰਜਾਬੀ मराठी Kirundi Kurmancî Bahasa Melayuالشرح
यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जसले अनिवार्य पाँच पटकको नमाज पढ्छ तर नवाफिल (अतिरिक्त र स्वैच्छिक सलाह) पढ्दैन, रमजानको व्रत बस्छ र अतिरिक्त वा स्वैच्छिक उपवासहरू बस्दैन, हलाललाई हलाल ठानेर गर्छ र हरामलाई हराम मानेर त्याग्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।فوائد الحديث
मुस्लिमले स्वर्गमा प्रवेश पाउने लक्ष्यका साथ आफ्नो कर्तव्यहरू पूरा गर्न र निषेधित चीजहरू त्याग्न उत्सुक हुनुपर्छ ।
वैध (हलाल) कार्य गर्ने र त्यसको वैधतालाई मान्ने र निषेधित कार्यबाट बच्ने र त्यसको अवैधता लाई मान्नेको महत्त्व ।
अनिवार्य कर्तव्यहरूलाई पुरा गर्नु र निषेधित चीजहरूलाई त्याग्नुले स्वर्गमा प्रवेश पाइन्छ।
