जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक पूजा गर्ने सबैलाई…

जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक पूजा गर्ने सबैलाई अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।

तारिक बिन अशयम अशजई (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक पूजा गर्ने सबैलाई अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भनिरहनुभएको छ, जसले आफ्नो जिब्रोले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन भनी गवाही दिन्छ र अल्लाह बाहेक पूजा गर्ने सबैलाई अस्वीकार गर्दछ र इस्लाम बाहेक सबै धर्महरूबाट आफ्नो निर्दोषता देखाउँदछ । उसको धन र रगत मुस्लिमहरूका लागि हराम भयो, किनभने हामी उसको बाह्य क्रियाकलाप मात्र देख्नेछौं । त्यसकारण उसको सम्पत्ति खोस्न सकिँदैन र रगत बगाउन सकिँदैन । हो! यदि उसले कुनै पाप वा अपराध गर्छ, जसको कारणले उसको रगत वा सम्पत्ति इस्लामको प्रावधान अनुसार हलाल हुन्छ भने त्यो फरक कुरा हो । यस्तो अवस्थामा अल्लाहले न्यायको दिन उनको हिसाब लिनुहुनेछ । यदि ऊ इमान्दार र सच्चा थियो भने उहाँले उसलाई पुरस्कृत गर्नुहुनेछ र यदि ऊ कपटी र झुटो थियो भने, उहाँले उसलाई दण्ड दिनुहुनेछ ।

فوائد الحديث

जिब्रोले "ला इलाह इल्लल्लाह" भन्नु र अल्लाह बाहेकका सबै कुरालाई इन्कार गर्नु इस्लाममा प्रवेश गर्ने शर्त हो ।

ला इलाह इल्लल्लाहको अर्थ : अल्लाह बाहेक उपासना गरिने सबै चीजहरूलाई अस्वीकार गर्नु हो, जस्तै मूर्तिहरू, चिहानहरू र केवल एक अल्लाहको उपासना गर्नु ।

जसले तौहीद (एकेश्वरवाद) लाई स्वीकार गर्छ र इस्लामका विधिविधान र आदेशहरूलाई बाहिरी रूपमा पालन गर्छ, उसको विपरीत केही प्रमाणित नभएसम्म उसबाट टाढा रहनुपर्छ ।

मुस्लिमको जीवन, सम्पत्ति, इज्जत र प्रतिष्ठामा अन्यायपूर्ण छेडछाड गर्न निषेध गरिएको छ ।

यस संसारमा बाहिरी रूप अनुसार र परलोकमा नियत र उद्देश्य अनुसार निर्णय लिइनेछ ।

التصنيفات

ताैहीद उलूहियत