उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।

उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।

जब साद बिन हिशाम बिन आमिर (आइशा (रजियल्लाहु अन्हा) कहाँ गए अनि उनले भने: हे विश्वासीहरूकी आमा! मलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अख्लाक (आचरण) को बारेमा बताउनुहोस् । यो सुनेर उहाँले भन्नुभयो: के तिमी कुर्आन पढ्दैनौ? मैले जवाफ दिएँ: म अवश्य पढ्छु । उहाँले भन्नुभयो: उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

उम्मूल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) लाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नैतिकताको बारेमा सोधियो र उनले छोटो र मिठो जवाफ दिदै प्रश्नकर्तालाई कुर्आनलाई अध्ययन गर्न भनिन्, किनभने यो सबै हिसाबले पूर्ण पुस्तक हो । उनले भनिन् : उहाँको आचरण र नैतिकता कुर्आनको एक जीवन्त उदाहरण थियो । उहाँ कुर्आनको आदेशको पालना गर्नुहुन्थ्यो, कुर्आनले निषेध गरेको कुराहरूबाट टाढा रहनुहुन्थ्यो । यसरी उहाँको नैतिकता कुर्आनको व्याख्या थियो । उहाँले कुर्आनले तोकेको सीमामा रहनुभयो, यसको शिष्टाचारको पालना गर्नुभयो र यसमा प्रस्तुत उदाहरणहरू र कथाहरूबाट पाठ सिक्नुभयो ।

فوائد الحديث

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याएर कुर्आनको नैतिक शिक्षाहरू पछ्याउन प्रेरणा ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आचरणको प्रशंसा र उहाँको आचरणको स्रोत कुर्आन थियो भन्ने कुराको वर्णन ।

कुर्आन सबै नैतिक मामिलाहरूको मूल स्रोत हो ।

इस्लामिक नैतिकताले सम्पूर्ण धर्म र यसका सबै आदेशहरूको पालना गर्न र निषेधित कुराहरूबाट बच्न समावेश छ ।

التصنيفات

नैतिक गुणहरू