إعدادات العرض
1- मेरो अघि अल्लाहले जुनसुकै उम्मतमा कुनै नबी पठाउनुभएको थियो, ती नबीलाई आफ्ना उम्मतबाट सहयोगी (حواريون) र साथीहरू प्रदान गरिन्थ्यो। ती मानिसहरू नबीको सुन्नतलाई पालन गर्थे र उहाँका आदेशहरूको अनुसरण गर्थे।