إعدادات العرض
मेरो अघि अल्लाहले जुनसुकै उम्मतमा कुनै नबी पठाउनुभएको थियो, ती नबीलाई आफ्ना उम्मतबाट सहयोगी (حواريون) र साथीहरू…
मेरो अघि अल्लाहले जुनसुकै उम्मतमा कुनै नबी पठाउनुभएको थियो, ती नबीलाई आफ्ना उम्मतबाट सहयोगी (حواريون) र साथीहरू प्रदान गरिन्थ्यो। ती मानिसहरू नबीको सुन्नतलाई पालन गर्थे र उहाँका आदेशहरूको अनुसरण गर्थे।
हदीस : हज्रत अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) द्वारा बयान गरिएको छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम)ले भन्नु भयो : "मेरो अघि अल्लाहले जुनसुकै उम्मतमा कुनै नबी पठाउनुभएको थियो, ती नबीलाई आफ्ना उम्मतबाट सहयोगी (حواريون) र साथीहरू प्रदान गरिन्थ्यो। ती मानिसहरू नबीको सुन्नतलाई पालन गर्थे र उहाँका आदेशहरूको अनुसरण गर्थे। तर तिनको पछि यस्तो पुस्ता आउँछ, जसले भन्ने कुरा आफू गर्दैनन् र गर्ने कुरा आदेशबमोजिम हुँदैन। जसले उनीहरूविरुद्ध आफ्नो हातले संघर्ष गर्छ, ऊ विश्वासी हो। जसले आफ्नो जिब्रोले उनीहरूविरुद्ध संघर्ष गर्छ, ऊ पनि विश्वासी हो। र जसले आफ्नो हृदयले उनीहरूलाई गलत ठान्छ, ऊ पनि विश्वासी हो। तर यसबाहेक इमानको तौलमा सरसोंको दाना बराबर पनि केही बाँकी हुँदैन।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî Kiswahili Português සිංහල አማርኛ Nederlands Tiếng Việt অসমীয়া Oromoo پښتو ગુજરાતી ไทย മലയാളം Română Malagasy Deutsch Fulfulde Кыргызча తెలుగు ქართული Moore Magyar Svenskaالشرح
नबी (सल्लल्लाहु अलैहि व सल्लम)ले बताउनु भयो कि उहाँ भन्दा पहिला अल्लाह तआलाले जुन समुदायमा कुनै नबी( सन्देष्टा) पठाउनु भएता पनि उनका आफ्ना अनुयायीहरू मध्ये विशुद्ध , सहयोगी, र मुजाहिद( जिहाद गर्ने वाला एवं अति नै सङ्घर्ष गर्ने वाला ) र नि:स्वार्थहरू हुने गर्थे । जो उन पछि खिलाफत ( नबी पछिको कार्यभार) ठीक राख्थे । उनका तरिकाहरू समातेका हुन्थे । उनको हुकुम मानेका हुन्थे । फेरि ती बितेका सत्कर्मी सपुतहरू पछि यस्ता मानिसहरू आए जसमा कुनै भलाइ थिएन । उनीहरू जे भन्थे, त्यो गर्दैन थिए । जे गर्न भनिएको हुन्थेन, त्यो गर्थे । सो जसले उनीहरूसित हातले जिहाद गर्यो, त्यो इमानवाला हो र जसले उनीहरूसित मुखले जिहाद गर्यो त्यो इमान वाला हो र जसले उनीहरूसित हृदयले जिहाद गर्यो त्यो इमान वाला हो । र यो पछि रायोको दाना जती पनि इमान हुँदैन ।فوائد الحديث
हदीसको अर्थ :
शरीअतका विरोधीहरूको विरुद्ध आफ्नो बोली एवं व्यवहारद्वारा जिहादका लागि उत्प्रेरित गर्नु ।
खराब काम गर्दा पनि मनले अनुचित न मान्नु यो इमान कमजोर हुनु र इमान नै गइ सकेको हुनुको सबुत हो ।
अल्लाह तआलाले नबीहरूलाई उनीहरू पछि उनीहरूको सन्देश बोकेर हिड्ने वालाहरू उपलब्ध गराउनु।
जसले मुक्ति चाहन्छ, उसले नबीहरूको तरिका अपनाउनु नै पर्छ । किन भने उनीहरूको तरिकाको अलावा अन्य हरेक तरिका विनाश र पथ भ्रष्टता हो ।
जति जति नबी (सल्लल्लाहु अलैहि व सल्लम ) र उहाँका सहाबी (साथी)हरू देखि जमाना टाढा हुँदै गयो, मान्छेहरूले सुन्नत छोडे र मनलागी गर्न थाले र नौला नौला कुराहरू शुरु गरे ।
जिहादका श्रेणी हरूको बारेमा ; वास्तवमा यो हातद्वारा हो उसका लागि हो जो हातले बदलिन सक्छ । जस्तैः अभिभावक र शासक र जिम्मेवारहरूले गर्ने । यसरी नै बोलीद्वारा हुन्छ, अल्लाहका बारे बताएर, र उहाँ तर्फ बोलाएर।
र हृदयद्वारा खराब कार्यहरूला ईनकारेर र नौला कार्य हरूलाई मन न पराएर,
अम्र बिल मारूफ ( सत्कर्महरूको आदेशको अनिवार्यता) र नह्यी अनि मुन्कर ( नराम्रा कर्महरूको इन्कार) ।