अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो ।” यस प्रकारको कुरा हामी…

अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो ।” यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहले यसलाई तवक्कुल(अल्लाहमाथि भरोसा) मार्फत हटाउनुहुन्छ ।

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो ।” यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहले यसलाई तवक्कुल(अल्लाहमाथि भरोसा) मार्फत हटाउनुहुन्छ ।

[सही] [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले चरा वा जनावर वा अपाङ्गता भएका व्यक्तिहरू वा संख्या वा दिनहरू आदि जस्ता सुन्न वा देख्न सकिने कुनै पनि चीजबाट अशुभ चिन्हहरू लिन विरुद्ध चेतावनी दिनुभएको छ । जाहिलियत (इस्लाम पूर्व) युगमा चराबाट अशुभ संकेत लिनु सामान्य कुरा भएकोले यहाँ चरा उल्लेख गरिएको छ । अरबहरूले यात्रा, व्यापार वा कुनै पनि काम सुरु गर्न चाहँदा चरा उडाउने गर्थे । चरा दायाँतर्फ उड्यो भने शुभ शगुन मानेर त्यो काम गर्थे । तर बायाँतर्फ उड्यो भने, अशुभ मानेर चाहेको कुराबाट पछि हट्ने गर्थे । उहाँले यसलाई शिर्क भन्नुभयो, किनभने राम्रो ल्याउने र नराम्रो कुराबाट बचाउने अल्लाह बाहेक कोही छैन । अब्दुल्लाह बिन मसुद (रजियल्लाहु अन्हु) ले भने, कहिलेकाहीँ मुस्लिमको हृदयमा केही अशुभ कुरा आउँछ । यस्तो अवस्थामा अल्लाहमा भरोसा राखेर त्यसलाई हटाउनुपर्छ र साथसाथै साधनहरू प्रयोग गर्नुपर्छ ।

فوائد الحديث

अशुभ मान्नु शिर्क हो, किनभने यसले हृदयलाई अल्लाह बाहेक अरुसँग जोड्छ ।

महत्त्वपूर्ण कुराहरू दोहोर्याउने महत्त्व, ताकि त्यसलाई कण्ठ गर्न र हृदयमा बसाउन सकियोस् ।

अल्लाहमा भरोसा राख्दा खराब शगुन समाप्त हुन्छ ।

अल्लाहमा मात्र भरोसा राख्ने र हृदयलाई उहाँसँग जोड्ने आदेश ।

التصنيفات

शिर्क (बहुदेववाद), हृदय कार्यका गुणसद्गुणहरू