إعدادات العرض
कुनै (रोग) संक्रामक हुँदैन र कुनै चरा अशुभ छैन । उल्लू र सफर महिनाको कुनै दोष छैन । कुष्ठ रोगीबाट त्यसरी नै भाग, जसरी…
कुनै (रोग) संक्रामक हुँदैन र कुनै चरा अशुभ छैन । उल्लू र सफर महिनाको कुनै दोष छैन । कुष्ठ रोगीबाट त्यसरी नै भाग, जसरी तिमी बाघबाट भाग्छौ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कुनै (रोग) संक्रामक हुँदैन र कुनै चरा अशुभ छैन । उल्लू र सफर महिनाको कुनै दोष छैन । कुष्ठ रोगीबाट त्यसरी नै भाग, जसरी तिमी बाघबाट भाग्छौ ।"
الترجمة
ar bn bs en es fa fr id ru tl tr ur zh hi ug ha ku sw pt si prs as vi sv ky yo gu ml ro nl so ps te rw kn sr mos ka cs hu uk mk lt az wo mgالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लाम पूर्वका केही गलत कुराहरू विरुद्ध चेतावनी दिनुभएको छ, किनभने हरेक कुरा अल्लाहको हातमा छ र उहाँको आदेश र मर्जी बिना केही हुँदैन र ती निम्न हुन्: पहिलो: जाहिलीयत (इस्लाम पूर्व) का मानिसहरूले रोग आफैंमा संक्रामक हुन्छ भन्ने विश्वास गर्थे । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनैपनि रोग एक बिरामीबाट अरूलाई आफैंले संक्रामक हुन्छ भन्ने विश्वासलाई निर्मुल पार्नुभयो । किनभने ब्रह्माण्डको व्यवस्थापन गर्ने अल्लाह हुनुहुन्छ; उहाँको मर्जीले रोग हुन्छ र उहाँले नै निको पार्नुहुन्छ र यो उहाँको इच्छा र आदेश बिना केही हुँदैन । दोस्रो: जाहिलीयत (इस्लाम पूर्व) का मानिसहरू यात्रा वा व्यापारको लागि निस्कदा चरालाई उडाउने गर्दथे । यदि चरा दायाँ तिर उड्यो भने शुभ ठानेर त्यो काम गर्थे र यदि बायाँतिर उड्यो भने अशुभ ठानेर फर्कने गर्थे । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले चराहरूबाट लिएको यो अशुभ मान्ने आस्थालाई निषेध गर्नुभयो र यो मिथ्या विश्वास हो भनेर स्पष्ट पार्नुभयो । तेस्रो: जाहिलीयत (इस्लाम पूर्व) का मानिसहरू भन्थे: यदि कसैको घरमा उल्लू चरा आएर बस्छ भने उसको लागि विपत्ति हुनेछ; नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो अशुभ आस्थालाई निषेध गर्नुभयो । चौथो: सफर भनेको चन्द्रमाको हिसाबले दोस्रो महिना हो, यो महिनालाई अशुभ मान्ने आस्थालाई निषेध गरिएको छ । अर्को भनाई : यो पेटमा हुने एक सर्प हो, जसले पशुधन र मानिसहरूलाई संक्रमित गर्दछ यो 'जरब' रोग भन्दा पनि बढी संक्रामक हो भन्ने विश्वासलाई उहाँले निर्मुल पार्नु भयो । पाँचौं: उहाँले कुष्ठ रोग लागेको व्यक्तिबाट टाढै बस्नु भनेको अल्लाहले आदेश दिनुभएको सुरक्षा खोज्नु र आफूलाई बचाउनु हो । कुष्ठ रोग: मानव अंगहरू नष्ट गर्ने र क्षतविक्षत हुने रोग हो ।فوائد الحديث
अल्लाहमा भरोसा गर्ने र वैध साधनहरू अपनाउने ।
अल्लाहको इच्छा र भाग्यमा विश्वास गर्न आवश्यक छ । हरेक कुरा अल्लाहको हातमा छ । उहाँ नै हो जसले तिनीहरूलाई बनाउँछन वा तिनीहरूको प्रभाव हटाउँछन ।
केही व्यक्तिहरूले कालो, रातो रङहरू वा केही संख्याहरू, नामहरू, व्यक्तिहरू र अपाङ्गता भएका मानिसहरूबाट लिने अशुभ कुरालाई खारेज गर्नु ।
कुष्ठरोगी र संक्रामक रोग लागेका व्यक्तिहरुको नजिक नजानु भनेको सुरक्षा र बचाउको लागि अल्लाहले दिनुभएको एक साधन हो; किनभने रोगहरू आफैंमा संक्रामक हुँदैन, बरु यो अल्लाहको आदेश अनुसार हुन्छ । यदि उहाँले त्यसको शक्ति खोस्नु भयो भने उसले केही असर गर्दैन र यदि उहाँले त्यसको शक्ति खोस्नु भएन भने असर गर्छ ।