إعدادات العرض
जब तिमीहरू मध्ये कसैले आफ्नो वुजू तोड्छ भने वुजू नगरुन्जेल अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न ।
जब तिमीहरू मध्ये कसैले आफ्नो वुजू तोड्छ भने वुजू नगरुन्जेल अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरू मध्ये कसैले आफ्नो वुजू तोड्छ भने वुजू नगरुन्जेल अल्लाहले उसको नमाज स्वीकार गर्नुहुन्न ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá සිංහල தமிழ் دری Кыргызча or Kinyarwanda Română Lietuvių Nederlands Soomaali Српски Українська ಕನ್ನಡ Wolof Moore ქართული Azərbaycan Magyar mr Македонски አማርኛ Malagasyالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, नमाज सही हुने सर्तहरू मध्ये एक तहारत (शुद्धता) हो । तसर्थ, जसको पिसाब, दिसा, निद्रा आदि कारणले वुजू टुट्छ र नमाज पढ्न चाहन्छ भने उसले अनिवार्य रुपमा वुजू गर्नु पर्छ ।فوائد الحديث
अपवित्र भएको अवस्थामा नमाज स्वीकृत हुँदैन, ठूलो अपवित्रतामा नुहाउनु पर्छ र सानो अपवित्रतामा वुजू गर्नुपर्छ ।
वुजू मुखमा पानी हालेर मुख भित्र घुमाउने र बाहिर फाल्ने, त्यसपछि नाक भित्र पानी तानेर बाहिर फाल्ने र नाक सफा गर्ने, त्यसपछि आफ्नो मुख तीन पटक धुने, त्यसपछि दुवै हात कुहिनो सहित तीन पटक धुने, त्यसपछि पूरै टाउको एक पटक मसह गर्ने (घस्ने) र त्यसपछि दुवै खुट्टा घुँडासहित तीन पटक धुने कार्यलाई भनिन्छ ।
التصنيفات
वोजू