إعدادات العرض
“नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दस दिनमा ‘इअ्तिकाफ’ (एकान्त उपासना) बस्ने…
“नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दस दिनमा ‘इअ्तिकाफ’ (एकान्त उपासना) बस्ने गर्नुहुन्थ्यो; र उहाँको वफातपश्चात् उहाँका पवित्र पत्नीहरू (अजवाज-ए-मुताहरात) ले पनि इअ्तिकाफ बस्नुभयो।”
सम्पूर्ण मुमिनहरूको आमा; नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्: “नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दस दिनमा ‘इअ्तिकाफ’ (एकान्त उपासना) बस्ने गर्नुहुन्थ्यो; र उहाँको वफातपश्चात् उहाँका पवित्र पत्नीहरू (अजवाज-ए-मुताहरात) ले पनि इअ्तिकाफ बस्नुभयो।”
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල ئۇيغۇرچە Hausa Português Kurdî Tiếng Việt Kiswahili অসমীয়া ગુજરાતી Nederlands دری മലയാളം Română Magyar ქართული Moore ಕನ್ನಡ Svenska Oromoo Македонски ไทย Українська తెలుగు پښتو मराठी ਪੰਜਾਬੀ አማርኛ Malagasy ភាសាខ្មែរ Wolof Shqip Српски မြန်မာ தமிழ்الشرح
मुमिन (आस्थावान्) हरूकी आमा; हजरत आइशा (रदियल्लाहु अन्हा) बाट वर्णित छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजान महिनाको अन्तिम दस दिनमा 'लैलातुल-कद्र' को खोजीका निम्ति निरन्तर 'इतिकाफ' गर्नुहुन्थ्यो। उहाँले आफ्नो मृत्युसम्म यस कार्यलाई निरन्तरता दिनुभयो र उहाँको मृत्यु पश्चात् उहाँका पत्नीहरू (उम्महातुल-मुिमनिन) ले पनि इतिकाफ गर्ने सन्नतलाई कायम राखे।"فوائد الحديث
यसबाट मस्जिदहरूमा 'इतिकाफ' (एकान्त उपासना) बस्ने कुराको वैधता प्रस्ट हुन्छ; र महिलाहरू पनि शरीअतको नियम पालना गर्दै मस्जिदमा इतिकाफ बस्न सक्दछन्। तर यसका लागि मुख्य सर्त यो हो कि त्यहाँ कुनै पनि प्रकारको विकृति (फित्ना) को जोखिम नहोस्।
रमजानको अन्तिम दस दिनमा 'इतिकाफ'' को महत्त्व र अनिवार्यता अझ बढी सबल हुन्छ, किनकि नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) निरन्तर यो कार्य गर्नुहुन्थ्यो।
इतिकाफ एक निरन्तर रहने 'सुन्नत' हो, जुन कहिल्यै खारेज भएको छैन; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मृत्यु पश्चात् उहाँका पवित्र पत्नीहरू (अजवाज-ए-मुताहरात) ले पनि नियमित रूपमा इतिकाफ गर्नुभएको थियो।
التصنيفات
एतिकाफ