नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दश दिनमा इअ्तिकाफ बस्नुभयो। त्यसपछि उहाँका…

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दश दिनमा इअ्तिकाफ बस्नुभयो। त्यसपछि उहाँका पत्नीहरूले पनि इअ्तिकाफ बस्नुभयो।

सम्पूर्ण मुमिनहरूको आमा; नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दश दिनमा इअ्तिकाफ बस्नुभयो। त्यसपछि उहाँका पत्नीहरूले पनि इअ्तिकाफ बस्नुभयो।

[सही] [मुत्तफकुन अलैहि]

الشرح

मुमिनहरूको आमा; आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्,नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजानको अन्तिम दश दिनमा लैलातुल कद्र (सबैभन्दा पवित्र रात) को खोजीमा इतिकाफ निरन्तर गर्नुहुन्थ्यो। उहाँले आफ्नो मृत्युसम्म त्यसो गरिरहनुभयो। उहाँपछि उहाँका पत्नीहरूले पनि इतिकाफ गर्नुभयो।

فوائد الحديث

मस्जिदहरूमा इतिकाफको वैधता। महिलाहरू शरिया नियम अनुसार मस्जिदमा इतिकाफमा बस्न सक्छन्। तर शर्त के हो भने फतनाको जोखिम नहोस्।

रमजानको अन्तिम दस दिनमा एतिकाफ (मस्जिदमा बस्ने विशेष इबादत) अझै बढी पुष्टि हुन्छ, किनकि पैगम्बर मोहम्मद ﷺ निरन्तर यसलाई गर्नुहुन्थ्यो।"।

इतिकाफ एक निरन्तर सुन्नत हो जुन रद्द गरिएको छैन, किनकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) पछि उहाँका पत्नीहरूले पनि इतिकाफ गरे।

التصنيفات

एतिकाफ