إعدادات العرض
रमजानभन्दा एक वा दुई दिन अगाडि उपवास नबस, तर जो पहिले देखि नै उपवास बसेको छ उसले त्यसो गर्न सक्छ।
रमजानभन्दा एक वा दुई दिन अगाडि उपवास नबस, तर जो पहिले देखि नै उपवास बसेको छ उसले त्यसो गर्न सक्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः "रमजानभन्दा एक वा दुई दिन अगाडि उपवास नबस, तर जो पहिले देखि नै उपवास बसेको छ उसले त्यसो गर्न सक्छ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල ئۇيغۇرچە Hausa Português Kurdî Kiswahili Tiếng Việt অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული ಕನ್ನಡ Moore Svenska Македонски ไทย Українська తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy پښتو ភាសាខ្មែរ Wolofالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सावधानीका रूपमा रमजानभन्दा एक वा दुई दिन अगाडि रोजा सुरु गर्न निषेध गर्नुभएको छ रमजानलाई सुरक्षित राख्ने उद्देश्यले हो। किनभने रमजानको रोजा चन्द्रमा देख्नुसँग जोडिएको छ र त्यसैले अनावश्यक तर्क गर्न आवश्यक छैन। यद्यपि, यदि कसैले पहिले नै उपवास बस्ने बानी बसाइसकेको छ, जस्तै एक दिन उपवास राख्ने र अर्को दिन उपवास नराख्ने, वा सोमबार वा बिहीबार उपवास राख्ने र बानी परेको दिन रमजानको एक वा दुई दिन अगाडि पर्छ भने, उसले त्यो दिन उपवास राख्न सक्छ। किनभने यसले रमजानलाई स्वागत गरेको नियतले राखेको होइन। त्यसैगरी, कजा(छुटेको) र नज्र (भाकल) गरिएका व्रत जस्ता अनिवार्य व्रतहरू पनि रमजानको एक वा दुई दिन अगाडि राख्न सकिन्छ।فوائد الحديث
अनावश्यक कठिनाइ बाट बच्न आदेश गरिएको छ, र इबादतलाई जसरी शरियतले निर्धारित गरेको छ त्यसै अनुसार पालन गर्न अनिवार्य छ — न त यसमा केही थप्न, न त घटाउन।
यसको उद्देश्य (हिकमत) -अल्लाहलाई राम्ररी थाहा छ- भनेको अनिवार्य उपासनालाई नफ्ल (ऐच्छिक) उपासनाबाट अलग गर्नु, उत्साह र हौसलाका साथ रमजानको तयारी गर्नु र यस पवित्र महिनामा यसलाई एक विशिष्ट उपासना मानिनु हो।
التصنيفات
शंकाको दिनमा व्रत बस्नु