कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा…

कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा गर्नु वैध छैन।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा गर्नु वैध छैन।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा स्पष्ट पार्नुभएको छ कि कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो कुनै महरम (विवाह निषेधित पुरुष नातेदार) बिना एक रातको यात्रा गर्नु निषेध (हराम) छ।

فوائد الحديث

इब्न हजरले भन्नुभएको छ: महरम बिना महिलालाई यात्रा गर्न अनुमति छैन, र हज, उमराह र दारुल शर्क (शिर्कको भूमि) छोड्ने बाहेक अन्य मामिलाहरूमा यसप्रति विद्वानहरूको इज्मा (सहमति) छ। र कतिपय विद्वानहरूले महरम हुनुलाई हजका सर्तहरू मध्ये एक मानेका छन्।

इस्लामिक कानून एक पूर्ण कानून हो। र यसले महिलाको सम्मान र सुरक्षा मा विशेष ध्यान दिन्छ।

अल्लाह र अन्तिम दिनमाथि विश्वास राख्नुको वास्तविक अर्थ अल्लाहको कानुन (शरीअत) को पूर्ण अधीनमा रहनु र उहाँद्वारा निर्धारित सीमाहरूको निष्ठापूर्वक पालना गर्नु हो।

महिलाको महरम भन्नाले उनका पति वा त्यस्ता व्यक्तिलाई बुझाउँछ, जससँग रगतको सम्बन्ध, स्तनपानको सम्बन्ध वा ससुरालीको सम्बन्धका कारणले विवाह सधैँका लागि निषेध गरिएको हुन्छ। साथै ऊ मुस्लिम, वयस्क, समझदार, विश्वासिलो एवं सुरक्षित हुनुपर्दछ; किनभने महरमको उद्देश्य महिलाको सुरक्षा, संरक्षण र उनको हेरचाह गर्नु हो।

महरम बिना यात्रा गर्न नसक्ने महिलासम्बन्धी अवधिको विषयमा वर्णित हदीसका सन्दर्भमा बैहकी भन्छन्: "संक्षेपमा भन्नुपर्दा, निष्कर्ष यो हो कि जुन कार्यलाई पनि 'यात्रा' भनिन्छ, त्यसमा महिलालाई आफ्ना पति वा महरम बिना यात्रा गर्न निषेध गरिएको छ; चाहे त्यो तीन दिनको होस्, दुई दिनको होस्, एक दिनको होस्, वा एक 'बरीद' (विशेष मापन) वा अन्य जतिसुकै दुरीको किन नहोस्। यो इब्ने अब्बास (रदियल्लाहु अन्हु) बाट वर्णित पुर्ण हदीसमा आधारित छ, जुन सहिह मुस्लिममा उल्लेखित अघिल्ला हदीसहरूमध्ये सबैभन्दा अन्तिम हो जसका शब्दहरू यस प्रकार छन्: (कुनै पनि महिलाले महरम बिना यात्रा गर्नु हुँदैन)। यसमा यात्रा भन्न सकिने प्रत्येक दूरी समाविष्ट हुन्छ।" यो हदीस प्रश्नकर्ताको परिस्थिति र उसको निवासस्थान अनुसार (त्यस समयमा) अवतरित भएको थियो।

التصنيفات

यात्राका शिष्टाचार र नियमहरू, उमराका वाजिब कुराहरू