إعدادات العرض
“के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिइनुभएको छैन र? हरेक ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, हरेक ‘अल्लाहु…
“के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिइनुभएको छैन र? हरेक ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, हरेक ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, हरेक ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, हरेक ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।”
अबु जर रजियल्लाहु अन्हु द्वारा कथन गरिएको छ कि: नबी ﷺ का केही सहाबाहरूले नबी ﷺ लाई भनेः “हे अल्लाहका रसूल! धनी मानिसहरूले त पुण्यका सबै अवसरहरूमा अघि बढिसके। उनीहरूले पनि हामीले जस्तै नमाज पढ्छन्, हामीले जस्तै रोजा राख्छन्, तर उनीहरू आफ्ना अतिरिक्त सम्पत्तिबाट दान पनि गर्छन्।” नबी ﷺ ले भन्नुभयोः “के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिइनुभएको छैन र? हरेक ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, हरेक ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, हरेक ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, हरेक ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।” सहाबाहरूले भनेः “हे अल्लाहका दूत! हामीमध्ये कसैले आफ्नो इच्छा (कामवासना) पूरा गर्दा पनि उसलाई पुण्य मिल्छ र?” नबी ﷺ ले भन्नुभयोः “तिमीहरू के भन्छौ, यदि उसले त्यो इच्छा हराम (अवैध) तरिका बाट पूरा गरेको भए, के उसमाथि पाप हुँदैनथ्यो? ठीक त्यसैगरी जब उसले यसलाई हलाल (वैध) बाट पूरा गर्छ, उसलाई त्यसमा पुण्य मिल्छ।”
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Português සිංහල Kiswahili Tiếng Việt অসমীয়া ગુજરાતી Nederlands മലയാളം Română Magyar ქართული ಕನ್ನಡ Moore Svenska Македонски ไทย Українська తెలుగు मराठी ਪੰਜਾਬੀ دری አማርኛ Malagasy پښتو ភាសាខ្មែរ Lietuvių O‘zbek Azərbaycan Oromoo Wolof Кыргызча Kinyarwanda Čeština Српски Shqip тоҷикӣ தமிழ் msالشرح
केही गरीब सहाबाहरूले अल्लाहका रसूल ﷺ समक्ष आफ्नो कठिनाइ, गरिबी र धनी भाइहरूझैँ सम्पत्ति दान गरेर ठूलो पुण्य र प्रतिफल हासिल गर्न नसकेको, साथै नेकी (पुण्य)का कामहरूमा उनीहरू सरह अगाडि बढ्न नसकेको गुनासो गर्दै यसरी भनेः “हामी नमाज पढ्छौँ भने उनीहरू पनि नमाज पढ्छन्, हामी रोजा राख्छौँ भने उनीहरू पनि रोजा राख्छन्। तर त्यससँगै उनीहरूले आफ्ना अतिरिक्त धनबाट दान–खैरात गरेर हामीभन्दा अघि बढ्छन्, तर हाम्रो हातमा दान गर्न केही पनि हुँदैन।” त्यसैले अल्लाहका रसूल ﷺ ले तिनीहरूलाई दान–खैरात गर्ने केही त्यस्ता उपायहरू बताइदिनुभयो, जुन उनीहरूले पनि गर्न सक्थे। उहाँले भन्नुभयो: के अल्लाहले तिमीहरूका लागि दान–खैरात गर्ने बाटाहरू खोलिदिनुभएको छैन र? ‘सुब्हानल्लाह’ को जप गर्नु तिमीहरूका लागि दान हो, ‘अल्लाहु अकबर’ भन्नु दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु दान हो, भलाइको हुकुम दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अँझ आफ्नो पत्नीसँग शारीरिक सम्बन्ध राख्नु पनि दान हो। सहाबाहरू यस कुरामा धेरै अचम्म मानेर भनेः “हे अल्लाहका रसूल! के हाम्रो वासना पूरा गर्नेमा समेत पुण्य र प्रतिफल मिल्छ र?” उहाँ ﷺ भन्नुभयो: “भन त, यदि कसैले आफ्नो वासना हराम स्थानमा पूरा गर्यो भने – जस्तै व्यभिचार आदिमा संलग्न भयो भने – के उसलाई पाप हुने छैन र? त्यसैगरी जब उसले आफ्नो वासना हलाल मार्गबाट पूरा गर्छ, तब उसलाई पुण्य र प्रतिफल अवश्य नै मिल्छ।”فوائد الحديث
सहाबाहरुको नेकीका कामहरूमा एक–अर्काभन्दा अघि बढ्न प्रतिष्पर्धा र प्रयास गर्थे र अल्लाहबाट ठूलो पुण्य र अनन्त कृपा प्राप्त गर्न अत्यन्तै आतुर रहन्थे।
भलाइका कामहरूको धेरै रूपहरू हुन्छन्। कुनै मुसलमानले सच्चा नीयत र राम्रो उद्देश्यका साथ गरेको हरेक कार्य भलाइको कार्य हो।
इस्लाम एक सरल र सहज धर्म हो। त्यसैले प्रत्येक मुसलमानले आफ्नो सामर्थ्य अनुसार त्यस्तो काम गर्न सक्छ, जसले अल्लाहको आज्ञापालन पूरा हुन्छ।
इमाम नववी भन्नुहुन्छः यो हदिस यस कुराको दलील हो कि यदि नीयत सच्चा भयो भने सामान्य वैध (मुबाह) कामहरू पनि नेकी अर्थात् पुण्यका काम बन्छन्। यदि नीयत पत्नीको अधिकार पूरा गर्नु, अल्लाहको आदेशअनुसार उसको साथ राम्रो जीवन बिताउनु, असल सन्तानको चाहना गर्नु, आफूलाई वा पत्नीलाई पाक–दामन राख्नु, हरामतर्फ नजर नपुर्याउनु, हराम कुरा सोच्न वा हराम कार्य गर्ने इरादाबाट जोगिनु तथा यस्ता अन्य राम्रा उद्देश्यहरू मनमा राखिन्छ भने, सहवास पनि इबादत बन्छ।
श्रोतालाई कुरा अझ राम्रोसँग बुझियोस् र उसको हृदयमा गहिरोसँग बसोस् भन्ने उद्देश्यले उदाहरण दिनु र कुनै भलाइमा तुलना गर्नु नबी ﷺ को तरिका हो।