सबै कार्यहरू इरादाहरूमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार पुरस्कृत गरिनेछ

सबै कार्यहरू इरादाहरूमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार पुरस्कृत गरिनेछ

उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबै कर्महरू नियतमा आधार हुन्छन् र व्यक्तिलाई उसको नियत अनुसार पुरस्कृत गरिनेछ । त्यसैले, जसको हिजरत (प्रवास) अल्लाह र उहाँका रसूलको लागि हो, उसको हिजरत अल्लाह र उहाँका रसूलको लागि हुनेछ । जसले संसार प्राप्ति वा कुनै महिलासँग विवाह गर्नको लागि हिजरत (प्रवास) गर्दछ, उसको हिजरत उसैको लागि हुनेछ ।" सही बुखारीमा यसरी उल्लेख छ: "सबै कार्यहरू इरादाहरूमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार पुरस्कृत गरिनेछ ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सबै कार्यहरू नीयतहरूमा निर्भर हुन्छन् । यो नियम सबै पूजा र मामिलाहरूको लागि सामान्य छ । जसले आफ्नो कर्मबाट केही लाभ प्राप्त गर्न चाहन्छ उसले त्यो लाभ मात्र पाउँछ, पुरस्कार पाउँदैन । यसको विपरित, जसले आफ्नो कर्मद्वारा अल्लाहको निकटता प्राप्त गर्न चाहन्छ उसलाई उसको कर्मको प्रतिफल दिइन्छ, चाहे त्यो कार्य खाने र पिउने जस्तो साधारण कार्य होस् । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कार्यहरूमा नीयतको प्रभावलाई व्याख्या गर्न एउटा उदाहरण दिनुभयो, जसमा हामी देख्छौं, कार्यको बाहिरी रूप एउटै भए पनि परिणाम फरक छ । जसले अल्लाहको खुशी प्राप्त गर्न आफ्नो देश छोड्ने मनसाय राखेको छ, उसको प्रवास एक धार्मिक प्रवास हो र उसलाई उसको सही नियतको प्रतिफल दिइनेछ । तर जो व्यक्ति प्रवास गर्दा धन, पद, व्यापार र विवाह आदि सांसारिक लाभलाई ध्यानमा राख्छ, उसले प्राप्त गर्न चाहेको लाभ मात्र प्राप्त हुन्छ । राम्रो इनाम र भलाइ उसलाई प्राप्त हुँदैन ।

فوائد الحديث

इखलासको प्रेरणा, किनकि अल्लाहले केवल ती कार्यहरू स्वीकार गर्नुहुन्छ जुन उहाँको खुशी प्राप्त गर्ने उद्देश्यले गरिन्छ ।

यदि कुनै व्यक्तिले अल्लाहको निकटता प्राप्त गर्ने कार्यहरू आदतको रूपमा गर्छ भने, उसले कुनै प्रतिफल प्राप्त गर्दैन । जबसम्म उसले नीयत गर्दैन ।

التصنيفات

हृदयका कार्यहरू