إعدادات العرض
यदि मानिसहरूलाई उनीहरूको दाबीको आधारमा दिइयो भने कतिपयले जनताको सम्पत्ति र रगतको दाबी गर्नेछन् । तसर्थ, दाबी…
यदि मानिसहरूलाई उनीहरूको दाबीको आधारमा दिइयो भने कतिपयले जनताको सम्पत्ति र रगतको दाबी गर्नेछन् । तसर्थ, दाबी गर्नेले प्रमाण दिनुपर्छ र अस्वीकार गर्नेले कसम खानुपर्छ ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि मानिसहरूलाई उनीहरूको दाबीको आधारमा दिइयो भने कतिपयले जनताको सम्पत्ति र रगतको दाबी गर्नेछन् । तसर्थ, दाबी गर्नेले प्रमाण दिनुपर्छ र अस्वीकार गर्नेले कसम खानुपर्छ ।"
[सही]
الترجمة
العربية বাংলা Bosanski English Español Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî Português සිංහල অসমীয়া Kiswahili Tagalog Tiếng Việt ગુજરાતી Nederlands پښتو മലയാളം Svenska Кыргызча Română ಕನ್ನಡ Српски తెలుగు فارسی ქართული Moore Magyar Македонски Čeština Kinyarwanda Українська Lietuvių Wolof Azərbaycan Malagasyالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, यदि मानिसहरूलाई बिना प्रमाण तिनीहरूको दावीको आधारमा मात्र क्षतिपूर्ति दिइने हो भने मानिसहरूले जनताको सम्पत्ति र रगतको दाबीसमेत गर्नेछन् । त्यसैले दावीकर्ताले आफूले माग गरेको कुराको प्रमाण उपलब्ध गराउनुपर्छ । यदि उनीसँग प्रमाण छैन भने मुद्दा प्रतिवादी समक्ष पेश गरिनेछ र यदि उसले अस्वीकार गर्यो भने शपथ खाई निर्दोष हुनुपर्दछ ।فوائد الحديث
इब्न दकीक अल-इदले भने: यो हदीस अह्काम (नियमहरू) को आधारहरूमध्ये एक अहम आधार हो । विशेषगरी विवाद र असहमतिको समयमा सबैभन्दा ठूलो सन्दर्भ हो ।
शरियतको उद्देश्य भनेको जनताको सम्पत्ति र रगतलाई हेरफेरबाट जोगाउनु हो ।
काजी (न्यायाधीश) ले आफ्नो ज्ञानको आधारमा फैसला गर्नुहुँदैन, बरु प्रमाणको आधारमा गर्नुपर्छ ।
कुनै पनि व्यक्तिले बिना प्रमाण दाबी गर्छ भने त्यो अमान्य हो, चाहे त्यो अधिकार, लेनदेन, ईमान र विज्ञानको बारेमा किन नहोस् ।