सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।

सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।

जुबैर बिन मुतइम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्रनुभयो : "सम्बन्ध तोड्ने व्यक्ति स्वर्गमा प्रवेश गर्नेछैन ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्ना आफन्तहरूलाई उनीहरूको वैध अधिकारबाट वञ्चित गर्छ, उनीहरूलाई दुख दिन्छ वा उनीहरूसँग दुर्व्यवहार गर्छ, त्यो स्वर्गमा प्रवेश गर्न योग्य छैन ।

فوائد الحديث

आफन्तसँगको सम्बन्ध तोड्नु महापाप हो ।

नातागोता र पारिवारिक सम्बन्धहरू चलनचल्ती अनुसार कायम गरिनेछ । स्थान, समय र व्यक्ति अनुसार फरक हुन्छ ।

पारिवारिक सम्बन्ध कायम गर्नु भनेको आफन्तलाई भेटघाट गर्नु, दान दिनु, उनीहरूप्रति दयालु हुनु, बिरामीलाई भेट्नु, उनीहरूलाई असल कुराको उपदेश दिनु, नराम्रो काम गर्न निषेध गर्नु आदि इत्यादि ।

आफन्त जति नजिकको हुन्छ, नाता तोड्दा त्यति नै ठूलो पाप लाग्छ ।

التصنيفات

सद्गुण र आचरण, नातागोता कायम राख्नका विशेषताहरू