إعدادات العرض
رَبِّ اغْفِرْ لِي خَطِيئَتِي وَجَهْلِي، وَإِسْرَافِي فِي أَمْرِي كُلِّهِ، وَمَا أَنْتَ أَعْلَمُ بِهِ مِنِّي، اللَّهُمَّ اغْفِرْ لِي خَطَايَايَ، وَعَمْدِي…
رَبِّ اغْفِرْ لِي خَطِيئَتِي وَجَهْلِي، وَإِسْرَافِي فِي أَمْرِي كُلِّهِ، وَمَا أَنْتَ أَعْلَمُ بِهِ مِنِّي، اللَّهُمَّ اغْفِرْ لِي خَطَايَايَ، وَعَمْدِي وَجَهْلِي وَهَزْلِي، وَكُلُّ ذَلِكَ عِنْدِي، اللَّهُمَّ اغْفِرْ لِي مَا قَدَّمْتُ وَمَا أَخَّرْتُ، وَمَا أَسْرَرْتُ وَمَا أَعْلَنْتُ، أَنْتَ المُقَدِّمُ وَأَنْتَ المُؤَخِّرُ، وَأَنْتَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ» अनुवाद : हे अल्लाह ! मेरा पापहरू, मेरो अज्ञानता, हरेक काममा मेरो हद भन्दा अगाडि हुनु र सबै ती कुराहरू जसलाई तपाईँ म भन्दा बढी जान्ने वाला हुनुहुन्छ, क्षमा गरि दिनु होस् । हे अल्लाह ! मेरा चुकहरू, मेरो जानी जानी गरेका, नजानेर गरेका र ख्याल ख्यालमा गरेका कामहरू माफ गरि दिनु होस् । यी सबै कामहरू मबाट भएका छन् । हे अल्लाह ! मेरा अघिल्ला, पछिल्ला, लुकेर गरेका, खुल्लमखुल्ला गरेका पापहरू माफ गरि दिनु होस् । तपाईँ नै अगाडि गर्ने वाला हुनु हुन्छ र तपाईँ नै पछाडि गर्ने वाला हुनु हुन्छ र तपाईँ नै हरेक कुरामा सामर्थ्य राख्ने वाला हुनु हुन्छ ।
हजरत अबू मुसा (रजियल्लाहु अन्हु) द्वारा वर्णन छ कि नबी (सल्लल्लाहु अलैहि व सल्लम) यो दुआ माग्ने गर्नु हुन्थ्यो : «رَبِّ اغْفِرْ لِي خَطِيئَتِي وَجَهْلِي، وَإِسْرَافِي فِي أَمْرِي كُلِّهِ، وَمَا أَنْتَ أَعْلَمُ بِهِ مِنِّي، اللَّهُمَّ اغْفِرْ لِي خَطَايَايَ، وَعَمْدِي وَجَهْلِي وَهَزْلِي، وَكُلُّ ذَلِكَ عِنْدِي، اللَّهُمَّ اغْفِرْ لِي مَا قَدَّمْتُ وَمَا أَخَّرْتُ، وَمَا أَسْرَرْتُ وَمَا أَعْلَنْتُ، أَنْتَ المُقَدِّمُ وَأَنْتَ المُؤَخِّرُ، وَأَنْتَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ» अनुवाद : हे अल्लाह ! मेरा पापहरू, मेरो अज्ञानता, हरेक काममा मेरो हद भन्दा अगाडि हुनु र सबै ती कुराहरू जसलाई तपाईँ म भन्दा बढी जान्ने वाला हुनुहुन्छ, क्षमा गरि दिनु होस् । हे अल्लाह ! मेरा चुकहरू, मेरो जानी जानी गरेका, नजानेर गरेका र ख्याल ख्यालमा गरेका कामहरू माफ गरि दिनु होस् । यी सबै कामहरू मबाट भएका छन् । हे अल्लाह ! मेरा अघिल्ला, पछिल्ला, लुकेर गरेका, खुल्लमखुल्ला गरेका पापहरू माफ गरि दिनु होस् । तपाईँ नै अगाडि गर्ने वाला हुनु हुन्छ र तपाईँ नै पछाडि गर्ने वाला हुनु हुन्छ र तपाईँ नै हरेक कुरामा सामर्थ्य राख्ने वाला हुनु हुन्छ । "
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt සිංහල ئۇيغۇرچە Hausa Kurdî Português தமிழ் Nederlands অসমীয়া Oromoo Kiswahili ગુજરાતી پښتو አማርኛ ไทย Română മലയാളം Deutsch Кыргызчаالشرح
नबी(सल्लल्लाहु अलैहि व सल्लम)का संक्षिप्त दुआहरूमध्ये एउटा यो ( पनि) हो । "رب اغفر لي خطيئتي" وذنبي، "وجهلي" हे अल्लाह ! मेरा पापहरू माफ गरि दिनु होस् ।" थाहै नपाइ हुन जाने कमी पनि माफ गरि दिनु होस् । "وإسرافي في أمري كله" मेरा हरेक कामहरूमा हुन जाने कमी र हद भन्दा बढी हुनुलाई पनि माफ गरि दिनु होस् । "وما أنت أعلم به مني" हे अल्लाह ! ती पापहरू पनि माफ गरि दिनु होस् जसलाई तपाईँले बिर्सिनु भएको छैन र मैले भने भुली सकेँ । "اللهم اغفر لي خطاياي وعمدي" ती पापहरू पनि माफ गरि दिनु होस् जो मैले जानी जानी गरेको छु । "وجدي وهزلي" ती पनि जो मैले साँच्चि नै र ख्याल ख्यालमा गरेको छु । "وكل ذلك عندي" मलाई थाहा छ, मैले यी सबै पाप गरेको छु । "اللهم اغفر لي ما قدمت" हे अल्लाह ! मेरा विगतमा भएका पापहरू माफ गरि दिनु होस्, "وما أخرت" र आउने समयमा हुने वाला पापहरू पनि माफ गरि दिनु होस् । "وما أسررت" जो पापहरू लुकाएर मैले गरेको छु ती पनि माफ गरि दिनु होस् र "وما أعلنت" जो पापहरू मैले खुल्लमखुल्ला गरेको छु ती पनि माफ गरि दिनु होस् । "أنت المقدم وأنت المؤخر" तपाईँ आफ्ना सृष्टिमध्ये जसलाई चाहनु हुन्छ आफूले चाहनु भएको जस्ता कुराहरूको अवसर प्रदान गरेर आफ्नो दयातिर बढाइ दिनु हुन्छ र जो सृष्टिलाई चाहनु हुन्छ एक्लै छोडेर उसलाई पछाडि पारी दिनु हुन्छ । त्यसलाई कसैले अगाडि गरि दिन सक्दैन । जसलाई तपाईँले अगाडि बढाइ दिनु भयो त्यसलाई कसैले पछाडि गर्न सक्दैन । "وأنت على كل شيء قدير" तपाईँ पूरा सामर्थ्य वाला, पक्का इरादा वाला, र जे चाहनु हुन्छ गर्नु हुने वाला हुनु हुन्छ ।فوائد الحديث
यो दुआको विशेषता बताइएको छ र नबी(सल्लल्लाहु अलैहि व सल्लम)को अनुसरण गर्ने वालाले यो दुआ पढ्ने गर्नु पर्छ ।
हद भन्दा बढी हुनबाट रोकिएको छ र भनिएको छ कि हद भन्दा बढ्ने वालालाई सजाय हुन सक्छ ।
अल्लाह तआला मान्छेलाई उसले आफूलाई भन्दा बढी जान्नु हुन्छ । त्यसैले मानिसले आफ्ना कामकुराहरू अल्लाहको जिम्मा लगाउनु पर्छ । किन भने मान्छेबाट अज्ञानतामा गल्ती हुन सक्छ ।
जसरी मान्छेको जानी जानी गरेका पापहरूमा पकड हुन्छ त्यसरी नै ख्याल ख्यालमा गरेका पापहरूको पनि हिसाब किताब होला । त्यसैले मान्छेलाई हाँसो ठट्टामा पनि सचेत रहनु आवश्यक छ ।
इब्ने हजर अस्कलानी (रहिमहुल्लाह) भन्नु हुन्छ : मैले उहाँका कुनै पनि तरिकामा यो दुआको स्थान देखिँन । धेरै जसो रिवायत (कथनको सन्दर्भ)मा भनिएको छ कि उहाँ रातको अन्तिम प्रहरमा नमाजमा यो दुआ पढ्ने गर्नु हुन्थ्यो । कथनहरूमा यो बारेमा मतभेद छ कि उहाँ यो दुआ सलाम फेर्नु भन्दा पहिला पढ्नु हुन्थ्यो वा सलाम पछि ।
के अल्लाहका नबी(सल्लल्लाहु अलैहि व सल्लम) माफी माग्नका लागि चुक गर्ने गर्नु हुन्थ्यो ? केही मानिसहरूको भनाइ छ: यो उहाँले विनम्रता र विनतिभावका आधारमा भन्नु भएको हो । यो पनि हुन सक्छ कि उहाँले निपूणता हातबाट निस्किनु र उत्तमता छुट्नुलाई पापमा गणना गर्नु भयो होला । यो पनि हुन सक्छ कि जो कुरा भुलका कारण भए ती पनि हुन सक्छन् । अथवा नबी हुनु भन्दा पहिलाका पापहरू भन्नु भएको होला । केही मानिसहरूको भनाइ अनुसार माफी माग्नु एउटा उपासना हो जो अनिवार्य रूपमा गर्नु पर्छ । क्षमा याचना माफी नमिल्नका लागि गरिने होइन । जब कि केही मानिसहरूको भनाइ अनुसार यो सचेत गराउने र तालिम दिने एउटा तरिका हो कि मान्छेहरू निष्फिक्र भएर क्षमा याचना नै नगरून् ।
التصنيفات
प्रमाणित दुआहरू