إعدادات العرض
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व…
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार’ अर्थात हे अल्लाह ! हामीलाई दुनियाँ र आखिरत (लोक-परलोक) दुबै ठाउँमा भलाइ प्रदान गर्नुहोस् र नर्कको आगोबाट बचाउनुहोस् ।
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार’ अर्थात हे अल्लाह ! हामीलाई दुनियाँ र आखिरत (लोक-परलोक) दुबै ठाउँमा भलाइ प्रदान गर्नुहोस् र नर्कको आगोबाट बचाउनुहोस् ।
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी සිංහල ئۇيغۇرچە Hausa Kurdî Português Svenska ગુજરાતી አማርኛ Yorùbá Tiếng Việt Kiswahili پښتو অসমীয়া دری Кыргызча or Malagasy Čeština Oromoo Română Nederlands Soomaali മലയാളം తెలుగు ไทย Српски Kinyarwanda ಕನ್ನಡ Lietuvių Wolof தமிழ் Українська ქართული Magyar Moore Shqipالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः व्यापक र संक्षिप्त दुआ (प्रार्थना) हरू गर्नुहुन्थ्यो, जस्तै: "अल्लाहुम्म रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार ।" यसमा संसारका कल्याणहरू जस्तैः सुख, शान्ति, समृद्धि, प्रचुर मात्रामा हलाल रोजीरोटी, निष्ठावान पत्नी, आँखालाई आराम पुर्याउने सन्तान, सुखमय जीवन, उपयोगी ज्ञान र धार्मिक कर्महरू समावेश छन् । त्यस्तै यसमा परलोकको कल्याण जस्तै: चिहान, हश्र (हिसाबकिताबको मैदान) र नरकको सजायबाट सुरक्षित रहनु, अल्लाहको खुशी प्राप्त गर्नु, स्वर्गको अनन्त आनन्द र परम दयालु अल्लाहको निकटता प्राप्त गर्नु जस्ता चीजहरू समावेश छन् ।فوائد الحديث
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश मान्दै व्यापक र संक्षिप्त दुआहरू छनौट गर्नु मुस्तहब हो ।
अल्लाहसँग लोक परलोक दुवैको भलाइको लागि दुआ गर्नु सबैभन्दा उत्तम तरिका हो ।
التصنيفات
प्रमाणित दुआहरू