दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र…

दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र बनाउँछ, अल्लाहले उसलाई उच्च दर्जा दिनुहुन्छ ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "दानले धनमा कमी आउँदैन । जसले मानिसहरूलाई क्षमा गर्छ, अल्लाहले उसको इज्जत बढाउँछ र जसले अल्लाहको लागि आफूलाई नम्र बनाउँछ, अल्लाहले उसलाई उच्च दर्जा दिनुहुन्छ ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सदकाले धनलाई घटाउँदैन, बरू यसले व्यक्तिलाई विपत्तिबाट बचाउँछ र दान गर्नेलाई ठूलो क्षतिपूर्ति दिनुहुन्छ । यसरी हेर्दा धन बढेको छ, घटेको छैन । बदला लिने क्षमता हुँदाहुँदै पनि माफी दिइयो भने त्यसले व्यक्तिको शक्ति र सम्मान बढाउँछ । जब कुनै व्यक्ति मात्र अल्लाहको डरले, कसैलाई खुशी पार्न र कसैबाट फाइदा लिनको लागि होइन नम्रता अपनाउछ, तब अल्लाहले उसलाई उच्च स्थान प्रदान गर्नुहुन्छ ।

فوائد الحديث

भलाइ र सफलता शरियतको पालना र असल कार्यमा निहित छ, यद्यपि केही मानिसहरू यसलाई विपरीत सोच्छन् ।

التصنيفات

नफ्ली दान