जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ

जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ

अबू अय्यूब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ १० चोटि पढ्छ, उसले इस्माइल (अलैहिस्सलाम) को सन्तानबाट चार दासहरूलाई मुक्त गर्ने व्यक्ति बराबर पुण्य पाउँछ ।

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले यो दुआ (जिक्र) ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु वहुव अला कुल्लि शैइन् कदीर्’ पढ्छ, जसको अर्थ हो: अल्लाह बाहेक कोही सत्य ईश्वर छैन, उहाँ एक्लो हुनुहुन्छ, उहाँको कुनै साझेदार छैन, सार्वभौम राज्य उहाँकै हो, उहाँ प्रेम र आदरका साथ प्रशंसा योग्य हुनुहुन्छ । उहाँ सर्वशक्तिमान हुनुहुन्छ र उहाँको लागि केही पनि असम्भव छैन । जसले यो उत्कृष्ट जिक्र दिनमा दस पटक पढ्छ; उसले इस्माइल बिन इब्राहीम (अलैहिस्सलाम) को पुस्ताबाट ४ दास मुक्त गर्ने व्यक्ति जस्तै इनाम पाउनेछ । इस्माइल अलैहिस्सलामको जातिलाई यहाँ विशेष रूपमा उल्लेख गरिएको छ किनभने उनको जातका मानिसहरू अन्य मानिसहरू भन्दा उच्च छन् ।

فوائد الحديث

यस जिक्रको महत्व, यसमा अल्लाह मात्र उपासना र प्रशंसा योग्य हुनुहुन्छ, सम्पूर्ण राज्य र शक्तिको मालिक उहाँ नै हुनुहुन्छ भनेर वर्णन गरिएको छ ।

जसले यो जिक्र एकैसाथ लगातार पढ्छ वा अन्तरालमा पढ्छ, दुबै यो इनामको हकदार हुनेछन् ।

التصنيفات

जिक्रका सद्गुणहरू