إعدادات العرض
वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।
वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।"
الترجمة
العربية Bosanski English فارسی Français Bahasa Indonesia Русский Türkçe اردو हिन्दी 中文 বাংলা Español Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە Hausa دری Кыргызча Lietuvių Kinyarwanda or ಕನ್ನಡ Română Soomaali Српски Wolof Українська Moore Tagalog Azərbaycan ქართული Magyar Deutsch Македонски bm አማርኛ Malagasy Oromoo ភាសាខ្មែរالشرح
वली (अभिभावक) बिना निकाह सही हुँदैन भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सचेत गर्नु भएको छ । त्यसैले महिलाको लागि एक अभिभावक हुनु आवश्यक छ जसले उनको विवाह गराउनेछ ।فوائد الحديث
विवाह मान्य हुनको लागि वली (अभिभावक) को सहभागिता अनिवार्य शर्त हो । यदि विवाह अभिभावकको अनुपस्थितिमा भएको हो वा महिलाले आफैंले विवाह गरेमा उसको विवाह मान्य हुने छैन ।
वली भन्नाले नातामा महिलाको सबैभन्दा नजिकको पुरुषलाई जनाउँछ । त्यसैले नजिकको वली हुँदाहुँदै टाढाको वलीले विवाह गराउन मिल्दैन ।
वली (अभिभावक) मा हुनुपर्ने शर्तहरू: मुकल्लफ हुनु (जिम्मेवार), पुरुष हुनु, निकाहका फाइदाहरू बुझ्ने उमेर पुगिसकेको वालिग साथै वली (अभिभावक) र संरक्षकत्वमा रहेको महिला एउटै धर्म मान्ने भएको हुनुपर्छ । जोसँग यी गुणहरू छैनन्, उ निकाह गराउने वली (अभिभावक) बन्न योग्य हुनेछैन ।
التصنيفات
निकाह (विवाह)