{कुल हुवल्लाहु अहद}, {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढ । यो तिम्रो लागि…

{कुल हुवल्लाहु अहद}, {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढ । यो तिम्रो लागि हरेक कुराबाट पर्याप्त हुनेछ ।

अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी पानी परेको अँध्यारो रातमा नमाज पढाउन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को खोजी गर्न बाहिर निस्कियौं । उनी भन्दछन्, जब मैले उहाँलाई भेट्टाएं, उहाँले भन्नुभयो: "भन।", तर मैले केही भनिनं, त्यसैले उहाँले फेरि भन्नुभयो: "भन।", मैले अझै केही भनिनं, त्यसैले उहाँले तेस्रो पटक भन्नुभयो: "भन।" यसपटक मैले सोधेँ : के भनूँ ? उहाँले जवाफ दिनुभयो: "{कुल हुवल्लाहु अहद}, {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढ । यो तिम्रो लागि हरेक कुराबाट पर्याप्त हुनेछ ।"

[सही] [अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्]

الشرح

सहाबी अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : तिनीहरू पानी परेको र धेरै अँध्यारो रातमा नमाज पढाउन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को खोजी गर्न बाहिर निस्के र तिनीहरूले उहाँलाई भेट्टाए । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो: "भन" अर्थात पढ, तर उनले केही पनि पढेनन् । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो कुरा दोहोर्याउनुभयो र अब्दुल्लाहले भने: हे अल्लाहका रसूल, मैले के पढ्नु ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: सुरतुल-इखलास {कुल हुवल्लाहु अहद} र मुऔवीजतैन {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढ । यसले तिमीलाई हरेक खराबी र शरबाट जोगाउँछ ।

فوائد الحديث

बिहान र बेलुका सुरतुल-इखलास र मुऔवीजतैन पढ्नु मुस्तहब हो र यसले हरेक खराबी (शर) बाट जोगाउँछ ।

सुरतुल-इखलास र मुऔवीजतैन पढ्नको सद्गुण ।

التصنيفات

बिहान र बेलुकाका अज्कारहरू