“भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि…

“भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि रब्बिल-आलमीन्, ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम) ।

साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक गाउँले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मलाई केही जिक्र (प्रार्थना) हरू सिकाउनुहोस्, जुन म पढ्न सकूँ । उहाँले भन्नुभयो : “भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि रब्बिल-आलमीन्, ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम) ।" उसले भन्यो: यी शब्दहरू त मेरा पालनकर्ताका लागि भए, अनि मेरो लागि चैँ? उहाँले भन्नुभयो: "भन:(अल्लाहुम्मग्-फिर्ली, वर्-हम्नी, वह्दिनी वर्जुक्नी) ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

गाउँबाट आएका एक सहाबीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई केही जिक्रहरू सिकाउन आग्रह गरे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : भन : "ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु ।" उहाँले तौहीद (एकेश्वरवाद) को गवाही बाट सुरु गर्नुभयो, जसको अर्थ हो: 'अल्लाह बाहेक कोही सत्य पूज्य छैन ।' "अल्लाहु-अक्बर कबीरा" अर्थ : अल्लाह सबै भन्दा महान र ठूलो हुनुहुन्छ । "वल्हम्दु-लिल्लाहि कषीरा" अर्थ : अल्लाहका गुणहरू, कार्यहरू र उहाँका अनगिन्ती आशीर्वादहरूका लागि धेरै प्रशंसा छन्। "सुब्हानल्लाहि रब्बिल-आलमीन्" अर्थ : उहाँ हरेक कमी-कमजोरी र त्रुटिबाट पवित्र हुनुहुन्छ । "ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम" अर्थ: अल्लाहको सहयोग, कृपा र इच्छाबिना एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुन सम्भव छैन। यो सुनेर गाउँलेले भन्यो: यी शब्दहरू त मेरा रबको स्तुति र महिमाका लागि भए, मैले चैं आफ्नो लागि के दुआ (प्रार्थना) गरुँ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : भन : "'अल्लाहुम्मग्-फिर्ली" हे अल्लाह! मेरा पापहरूलाई मेटिदिनुहोस् र मेरा पापहरु कसैलाई थाहा नहोस्, र हे अल्लाह! मलाई क्षमा गरिदिनुहोस् । "वर्-हम्नी" मलाई धार्मिक र सांसारिक लाभहरू प्रदान गरेर ममाथि दया गर्नुहोस् । "वह्दिनी" मलाई उत्तम अवस्था र सीधा मार्गतर्फ मार्गदर्शन गर्नुहोस् । "वर्जुक्नी" मलाई धन, सुस्वास्थ्य र सबै प्रकारका भलाइ प्रदान गर्नुहोस् ।

فوائد الحديث

यसमा सुब्हानल्लाह, अल्हम्दु लिल्लाह र अल्लाहु अकबर द्वारा अल्लाहको प्रशंसा गर्न प्रोत्साहित गरिएको छ ।

दुआ गर्नु अघि अल्लाहको प्रशंसा र महिमा गर्नु मुस्तहब (पुण्यदायी) हो ।

मानिसले दुआ (प्रार्थना) गर्दा दुनियाँ (यस लोक) र आखिरत (परलोक) दुवैका भलाइ र राम्रा कुराहरू समावेश भएका प्रमाणित दुआहरू छनोट गर्नु मुस्तहब (उत्तम) मानिन्छ, र त्यसपछि आफूले चाहेको दुआ गर्नु पर्छ।

व्यक्तिले यस संसार र परलोकमा फाइदा पुर्याउने कुराहरू सिक्न उत्सुक हुनुपर्छ।

यसमा क्षमा, दया र जीविका (रिज़्क़) माग्नका लागि प्रोत्साहन छ, किनकि यी सबै भलाइ (कल्याण) का संग्रह हुन् ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो उम्मत (अनुयायी) प्रति अत्यन्तै दयालु हुनुहुन्थ्यो, त्यसैले उहाँले उनीहरूलाई फाइदाजनक कुराहरू सिकाउनु हुन्थ्यो।

दया लाई क्षमा पछि उल्लेख गरिएको छ ताकि शुद्धीकरण पूर्ण हुन सकोस्। क्षमा ले पापहरूलाई लुकाउने, मेटाउने र नरकबाट टाढा राख्ने काम गर्छ, जबकि दया ले भलाइहरू प्रदान गर्ने र स्वर्गमा प्रवेश गराउने काम गर्छ, र यो नै ठूलो सफलता हो।

التصنيفات

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को जिक्र (स्तुति) गर्ने तरिका, प्रमाणित दुआहरू