कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुन्छ। त्यसैले आफ्नो हृदयमा ईमानाई नवीकरण…

कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुन्छ। त्यसैले आफ्नो हृदयमा ईमानाई नवीकरण गर्न अल्लाह सँग प्रार्थना गर्दै गर ।

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "कपडा जसरी पुरानो हुन्छ त्यसरी तिमीहरूको हृदयमा ईमान (आस्था) पनि पुरानो हुन्छ। त्यसैले आफ्नो हृदयमा ईमानाई नवीकरण गर्न अल्लाह सँग प्रार्थना गर्दै गर ।"

[सही]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मुस्लिमको हृदयमा ईमान त्यसरी नै पुरानो र कमजोर हुँदै जान्छ जसरी लामो समयसम्म प्रयोग गरेपछि नयाँ कपडा पुरानो हुदै जान्छ । आराधनामा लापरवाही, पापमा संलग्नता र कामुक इच्छा एवं आकांक्षाको पछि दौडिनुले मानिसको आस्था कमजोर हुन्छ । तसर्थ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीले ईमानको नवीकरण गर्न, फर्ज (अनिवार्य कर्तव्य)हरू लाई पूरा गर्न र बारम्बार अल्लाहको स्तुति र क्षमायाचनाको लागि वहाँसँग प्रार्थना गर्न निर्देशन दिनुभएको छ ।

فوائد الحديث

धर्ममा अटल रहन र हृदयमा आस्थाको नवीकरणका लागि अल्लाह सँग प्रार्थना गर्ने प्रोत्साहित गरिएको छ।

ईमान भनेको मुखले उच्चारण, कार्यान्वयन र विश्वास गर्नु हो, जुन आज्ञाकारिताले बढ्दछ र पापले घट्छ ।

التصنيفات

ईमानमा वृद्धि र कमी