‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु

‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काकालाई भन्नुभयो: " ‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु ।" यो सुनेर उनले भने: यदि कुरैशका मानिसहरूले मैले डरले गर्दा यसो गर्न बाध्य भएको भनेर लाज नदिलाएको भए, म यो वचन पढेर तिम्रो आँखा चिसो पार्ने थिएँ । यसै सम्बन्धमा अल्लाहले यो आयत (श्लोक) अवतरण गर्नुभयो: "वास्तवमा, तपाईंले जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्न सक्नुहुन्न, तर अल्लाह जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।" [अल-कसस: ५६]

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काका अबू तालिबको मृत्यु हुँदा ‘ला इला-ह इल्लल्लाह’ भन्न अनुरोध गर्नुभयो, ताकि न्यायको दिनमा उनको लागि मुस्लिम हो भनेर शिफाअत (सिफारिस) र गवाही दिन सकियोस् । तर कुरैशका मानिसहरूले उनको निन्दा गर्नेछन् र मृत्युको डरले उनी मुस्लिम बनेको आरोप लगाउने छन् भन्ने डले अबु तालिबले अस्वीकार गरे । उनले नबीलाई भने– यदि मलाई उनीहरुको डर नभएको भए कलमा-ए-शहादत पढेर तिम्रो मनलाई शान्त पार्ने र तिम्रो मनोकामना पूरा गर्ने थिएँ । यस अवसरमा यो आयत (श्लोक) अवतरण भएको थियो, जसमा अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) सँग कसैलाई इस्लाम स्वीकार गर्न लगाउने क्षमता छैन भनी उल्लेख गरिएको छ । तर अल्लाहले जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्नुहुन्छ। रसूलको काम तर्क र कथन द्वारा बाटो मात्र देखाउनु र सत्यमार्ग तर्फ मानिसहरूलाई मार्गनिर्देशन र बोलाउनु हो ।

فوائد الحديث

मानिसहरूको आलोचनाको डरले सत्यलाई त्याग्नु ठीक होइन ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को काम मार्ग देखाउनु हो, इस्लाम स्वीकार गर्ने मार्गदर्शन होइन ।

काफिर बिरामीलाई इस्लाममा आमन्त्रित गर्ने उद्देश्यले भेट्न अनुमति छ ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक परिस्थितिमा अल्लाहको धर्म तर्फ आह्वान गर्न अवसरको उपयोग गर्नुहुन्थ्यो ।

التصنيفات

भाग्यमाथि ईमान, इस्लाम, तौहीद (एकेश्वरवाद) का सद्गुणहरू