हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हो, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न…

हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हो, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।

अबू हाजिम बिन दिनारले बयान गरेका छन्, केही मानिसहरू सहल बिन साद साइदी कहाँ आए । मिन्बरको काठ कुन रुखको हो भनेर उनीहरुबीच बहस चलिरहेको थियो । तिनीहरूले सहललाई यसको बारेमा सोधे, उनले भने: म अल्लाहको कसम खाएर भन्दछु, यो काठ कुन रूखको हो मलाई राम्रोसँग थाहा छ । यसलाई पहिलो पटक राखेको दिन र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिलो पटक यसमा बस्नुभएको दिन पनि मैले देखेको छु । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (जसको नाम सहलले पनि लिएका थिए) लाई सन्देश पठाउनुभयो : "तिम्रो सिकर्मी कामदारलाई मेरो लागि एउटा काठको मिम्बर (कुर्सी झैं) बनाई दिन भन, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ।" उनले आफ्नो नोकरलाई जंगलको रूखबाट मिम्बर तयार गर्न आदेश दिइन् । अनि उनले त्यो मिम्बर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन् अनि उहाँले त्यो मिम्बरलाई यो ठाउँमा राख्न आदेश दिनुभयो । त्यसपछि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्दै गरेको देखें । उहाँले तकबीर भन्नुभयो र त्यसमाथि उभिनुभयो । त्यसपछि रुकुअ गर्नुभयो र त्यसपछि उहाँ पछाडि हट्नुभयो र मिम्बरबाट ओर्लनुभयो र मिम्बर नजिकै सज्दा गर्नुभयो र त्यसपछि मिन्बारमा उभिनुभयो । नमाज समाप्त भएपछि मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो: " हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हो, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मिन्बर कुन काठले बनाइएको हो विषयमा बहस र विवाद गरेपछि केही मानिसहरू एक जना सहाबी सहल बिन साद कहाँ आए र यसको बारेमा सोधे । उनले भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला जोसँग एउटा सिकर्मी थियो एउटा काठको मिम्बर (कुर्सो झैं) बनाई दिन भन्नुभयो, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ भनेर संदेश पठाउनुभयो । उनले उहाँको आदेशको पालना गर्दै आफ्नो दासलाई काठको मिबर बनाउन आदेश दिइन् । जब मिन्बार तयार भयो, महिलाले यसलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई पठाइन् । त्यसपछि उहाँले त्यसलाई मस्जिद भित्र स्थानमा गर्न आदेश दिनुभयो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्नुभयो । त्यसमा उभिएर तकबीर भन्नुभयो, रुकु गर्नुभयो, त्यसपछि मिन्बारबाट मुख पछाडि नफर्काएर पछि सर्दै ओर्लिनुभयो, मिम्बरको नजिकै सज्दा गरेर फेरि मिम्बरमा फर्किनुभयो । जब नमाज पूरा भएपछि उहाँले मानिसहरूतर्फ फर्केर सम्बोधन गर्नुभयो र भन्नुभयो: तपाईंहरूले मलाई देखेर मेरो सलाह (नमाज) सिक्न सक्छौ भनेर मैले यो गरेको हो ।

فوائد الحديث

मिन्बर राख्नु र त्यसमा उभिएर खुत्बा (उपदेश) दिनु मुस्तहब हो । वास्तवमा, यसको उद्देश्य भनेको आफ्नो कुरा सुनाउनु र पुर्याउनु हो ।

तालिमको लागि मिन्बरमाथि नमाज पढ्नु र इमामको लागि कुनै कारण मुक्तदी (इमामसँगै नमाज पढ्नेहरू) भन्दा उच्च स्थानमा उभिनु जायज छ ।

मुस्लिमहरूको आवश्यकताहरू पूरा गर्न दक्ष व्यक्तिहरूबाट मद्दत लिन अनुमति छ ।

आवश्यकता अनुसार नमाज मा थोरै हिड्न अनुमति छ ।

नमाजमा मुक्तदीले नमाज सिक्ने उद्देश्यले आफ्नो इमामलाई हेर्न अनुमति छ र यो खुशूअ (नम्रता) विरुद्ध छैन ।

التصنيفات

सलाह पढ्ने विधि