إعدادات العرض
प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ र…
प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ र त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: "उसको लागि जो पढ्न चाहन्छ ।
अब्दुल्लाह बिन मोगफ्फल (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ, प्रत्येक दुई अजानको (अजान र इकामत) बीचमा एक नमाज हुन्छ र त्यसपछि तेस्रो पटकमा उहाँले भन्नुभयो: "उसको लागि जो पढ्न चाहन्छ ।"
الترجمة
العربية অসমীয়া Bahasa Indonesia Kiswahili اردو Tagalog Tiếng Việt ગુજરાતી Nederlands සිංහල Hausa پښتو ไทย Кыргызча മലയാളം English Svenska Română Kurdî Bosanski हिन्दी فارسی తెలుగు ქართული Moore Српски Magyar Português Македонски Čeština Русский Українська አማርኛالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रत्येक अजान र इकमात बीच एक नफल (स्वैच्छिक सलाह) छ भनेर बताउनुभयो । उहाँले यो वाक्य तीन पटक दोहोर्याउनु भयो । तेस्रो पटक उहाँले नमाज पढ्न चाहने व्यक्तिको लागि यो मुस्तहब हो भन्नुभयो ।فوائد الحديث
अजान र इकामतको बीचमा नमाज पढ्नु मुस्तहब हो ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफूले भनेको कुरालाई प्रायः दोहोर्याउनुहुन्थ्यो, ताकि श्रोताहरूले राम्ररी सुन्न सकून् र भनिएको कुराप्रति ध्यानाकर्षण होस् ।
दुई अजानको अर्थ : अजान र इकमत हो, तर दुवैलाई अजान भनिएको छ, जस्तैः 'कमरैन' दुई चन्द्रमा (सूर्य र चन्द्रमा) र 'उमरैन' दुई उमर (अबू बकर र उमर) ।
अजान : नमाजको समय भएको सूचना हो र इकामत : नमाज (जमात) कायम गर्ने सूचना हो ।