إعدادات العرض
“अल्लाहले कयामतको दिन नर्कमा सबैभन्दा हल्का सजाय पाउने व्यक्तिलाई भन्नुहुनेछ: यदि पृथ्वीमा भएका सबै चीजहरू…
“अल्लाहले कयामतको दिन नर्कमा सबैभन्दा हल्का सजाय पाउने व्यक्तिलाई भन्नुहुनेछ: यदि पृथ्वीमा भएका सबै चीजहरू तिम्रो भएको भए, के तिमी यो सजायबाट मुक्त हुन ती सबै चीजहरुलाई फिरौतीको रूपमा दिने थियौ? उसले भन्नेछ: हो, दिन्थें !
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाहले कयामतको दिन नर्कमा सबैभन्दा हल्का सजाय पाउने व्यक्तिलाई भन्नुहुनेछ: यदि पृथ्वीमा भएका सबै चीजहरू तिम्रो भएको भए, के तिमी यो सजायबाट मुक्त हुन ती सबै चीजहरुलाई फिरौतीको रूपमा दिने थियौ? उसले भन्नेछ: हो, दिन्थें ! "अल्लाह भन्छन्: ‘मैले तिमीबाट सजिलो कुरा मात्र चाहेको थिएँ, जब तिमी अझै आदमको पिठ्युँमा थियौ : म सँग शिर्क (साझेदारी) नगर्नु, तर तिमीले मसँग शिर्क (साझेदारी) गर्ने बाटो नै रोज्यौ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt Hausa Kurdî Português සිංහල অসমীয়া Kiswahili አማርኛ ગુજરાતી Nederlands پښتو ไทย മലയാളം Кыргызча Română Svenska Malagasyالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, नरकमा प्रवेश गरेपछि सबैभन्दा कम सजाय भोग्नेलाई अल्लाहले भन्नुहुनेछ : यदि यो पृथ्वी र पृथ्वीमा भएका सबै चीजहरू तिम्रो भएको भए, के तिमी यो सजायबाट छुटकारा पाउन ती सबै चीजहरुलाई फिरौतीको रूपमा दिने थियौ? उसले भन्नेछ: हो, दिन्थें । अल्लाहले भन्नुहुनेछ: मैले तिमीलाई त्यो भन्दा सजिलो कुराको आदेश दिएको थिएँ । आदमको पिठ्यूँमा हुँदा तिमी शिर्क (साझेदारी) गर्ने छैनौ भनेर तिमीसँग वाचा लिइएको थियो; तर जब मैले तिमीलाई पृथ्वीमा जन्मिने मौका दिएँ, तिमीले त्यसलाई बिर्सिएर मसँग शिर्क (साझेदारी) गर्यौ ।فوائد الحديث
तौहीद (एकेश्वरवाद) को सद्गुण र यो एकदम सजिलो छ ।
शिर्क (बहुदेववाद) को खतरा र यसका परिणामहरू ।
अल्लाहले आदमका सन्तानहरूसँग शिर्क (साझेदारी) नगर्ने वाचा लिनुभएको थियो जतिबेला तिनीहरु आदमको पिठ्यूँमा थिए ।
शिर्क (बहुइश्वरवाद) विरुद्ध चेतावनी र प्रलयको दिन सम्पूर्ण संसारले पनि काफिरलाई कुनै फायदा दिने छैन ।
التصنيفات
ताैहीद उलूहियत