إعدادات العرض
चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।
चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।
अबू मरसद गनवी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ ไทย 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands ئۇيغۇرچە සිංහල دری Magyar ಕನ್ನಡ Кыргызча Lietuvių Română Kinyarwanda Српски Soomaali Deutsch Moore Українська Български Wolof Azərbaycan ქართული тоҷикӣ bm Македонски አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चिहानहरूमाथि बस्न निषेध गर्नुभएको छ । त्यसैगरी, यदि कुनै चिहान नमाज पढ्ने व्यक्ति र किब्लाको बीचमा अवस्थित छ भने त्यो चिहानतर्फ मुख फर्काएर नमाज पढ्न निषेध गरिएको छ, किनभने यो शिर्क (बहुदेववाद) तर्फ उन्मुख गराउने माध्यम हो ।فوائد الحديث
चिहानमा, चिहानहरूको बीचमा वा चिहानतिर फर्केर नमाज पढ्न निषेध गरिएको छ । तर जनाजा (अन्त्येष्टि) को नमाज यस निषेधको दायरा बाहिर छ, किनभने त्यो सुन्नतद्वारा प्रमाणित छ ।
शिर्कको ढोका बन्द गर्न चिहानतिर फर्केर नमाज पढ्ने निषेध गरिएको छ ।
इस्लामले चिहानको बारेमा बढाइचढाइ गर्न र तिनीहरूको अनादर गर्न दुवै निषेध गरेको छ । त्यसैले कुनै अतिशयोक्ति वा लापरवाही गर्न पाइँदैन ।
मुस्लिमको इज्जत र मर्यादा मृत्यु पछि पनि कायम रहन्छ । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मृत व्यक्तिको हड्डी भाँच्नु भनेको जीवित व्यक्तिको हड्डी भाँच्नु जस्तै हो ।"