إعدادات العرض
तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो भने, तिनीहरूले उसको चिहानमाथि…
तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो भने, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा देखेको मारिया नामको चर्च र त्यस भित्र कोरिएका तस्बिरहरू बयान गरिन् । तब उहाँले भन्नुभयो : "तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो भने, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे र त्यसमा यी चित्रहरू राख्थे । तिनीहरू अल्लाहको नजरमा सबैभन्दा खराब प्राणी हुन् ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili မြန်မာ ไทย 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá සිංහල தமிழ் دری Кыргызча or Kinyarwanda Română Lietuvių Oromoo Nederlands Soomaali Српски Deutsch Українська ಕನ್ನಡ Wolof Moore ქართული Azərbaycan Magyar Македонски አማርኛالشرح
उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा हुँदा मारिया नामको चर्चमा देखेको तस्वीर, चित्रहरू र सजावटहरू बयान गरिन्; अचम्मको कुरा! तसर्थ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यी चित्रहरूलाई चर्चहरूमा राख्ने कारणहरू स्पष्ट पार्नुभयो; उहाँले भन्नुभयो : तिमीले जसको बारेमा बयान गर्यौ, तिनीहरूमध्ये जब कोही धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो उनीहरू उसको चिहानमा मस्जिद बनाइदिने र त्यसमा नमाज पढ्ने र त्यसभित्र तस्विर राख्ने गर्थे । उहाँले थप व्याख्या गर्नुभयो, यस प्रकारको काम गर्ने व्यक्ति अल्लाहको नजरमा सबैभन्दा खराब सृष्टि हो; किनकि उसको यो कार्यले शिर्कको ढोका खोल्छ ।فوائد الحديث
चिहानहरूमा मस्जिदहरू बनाउन, तिनीहरूको नजिक नमाज पढ्न वा मस्जिद भित्र कसैलाई गाड्न निषेध गरिएको छ; किनकि यसले शिर्कको ढोका खोल्छ ।
चिहानमा मस्जिद बनाउनु र त्यसमा तस्विर राख्नु यहूदी र इसाईहरूको काम हो र जसले यो गर्छ, ऊ उनीहरूको अनुसरण गर्दछ ।
जीवित वस्तुको तस्बिर राख्नु हराम हो ।
जसले चिहानमा मस्जिद बनाउँछ र त्यसमा मूर्ति राख्छ त्यो अल्लाहको सबैभन्दा खराब सृष्टि हो ।
शरियतले तौहीदको सुरक्षा सुनिश्चित गरेको छ र शिर्कतर्फ जाने सबै मार्गहरू बन्द गरेको छ ।
अल्लाहका धर्मी सेवकहरूको बारेमा बढाइचढाइ गर्न निषेध गरिएको छ; किनकि यसले शिर्कको ढोका खोल्छ ।