إعدادات العرض
(नमाजमा) पुरुषहरूको सबैभन्दा राम्रो पङ्क्ति (सफ) तिनीहरूको पहिलो पङ्क्ति हो र सबैभन्दा खराब पङ्क्ति तिनीहरूको…
(नमाजमा) पुरुषहरूको सबैभन्दा राम्रो पङ्क्ति (सफ) तिनीहरूको पहिलो पङ्क्ति हो र सबैभन्दा खराब पङ्क्ति तिनीहरूको अन्तिम पङ्क्ति हो । जबकि महिलाहरूको सबैभन्दा राम्रो पङ्क्ति तिनीहरूको अन्तिम पङ्क्ति हो र सबैभन्दा खराब पङ्क्ति तिनीहरूको पहिलो पङ्क्ति हो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "(नमाजमा) पुरुषहरूको सबैभन्दा राम्रो पङ्क्ति (सफ) तिनीहरूको पहिलो पङ्क्ति हो र सबैभन्दा खराब पङ्क्ति तिनीहरूको अन्तिम पङ्क्ति हो । जबकि महिलाहरूको सबैभन्दा राम्रो पङ्क्ति तिनीहरूको अन्तिम पङ्क्ति हो र सबैभन्दा खराब पङ्क्ति तिनीहरूको पहिलो पङ्क्ति हो ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو हिन्दी 中文 Kurdî Português অসমীয়া Kiswahili አማርኛ ગુજરાતી Tiếng Việt Nederlands සිංහල Hausa پښتو ไทย മലയാളം Кыргызча Malagasy Română Svenska Lietuvių తెలుగు ქართულიالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: नमाजमा सवाब (पुण्य) र सद्गुणको हिसाबले पुरुषहरूको सबैभन्दा राम्रो पङ्क्ति पहिलो हो; किनभने उनीहरू इमामदेखि नजिक हुन्छन्, राम्रोसँग तिलावत (पाठ) सुन्न पाउँछन् र महिलाहरूको सफदेखि टाढा हुन्छन् । अनि सबैभन्दा खराब पंक्ति र सवाब (पुण्य) तथा सद्गुणको हिसाबले सबैभन्दा निम्न र इस्लामले चाहेको कुराहरूबाट सबैभन्दा टाढाको सफ अन्तिम हो । महिलाहरुका लागि सबैभन्दा उत्कृष्ट पङ्क्ति अन्तिम पङ्क्तिहरु हुन्; किनभने यसमा तिनीहरूका लागि धेरै पर्दा हुन्छ, मानिसहरूसँग घुलमिल हुनबाट जोगिन्छ, उनीहरूको हेराइ र तिनीहरूद्वारा प्रलोभनमा पर्नुबाट टाढा हुन्छन् । अनि सबैभन्दा खराब पंक्ति पहिलो हो; किनभने पुरुषहरुसँग घुलमिल र प्रलोभनमा पर्ने सम्भावना बढी हुन्छ ।فوائد الحديث
मानिसहरूलाई आज्ञाकारितामा हतार गर्न र नमाज मा पहिलो सफ (पङ्क्ति) मा सामेल हुन प्रोत्साहन ।
महिलाहरूले मस्जिदहरूमा पुरुषहरूसँग छुट्टाछुट्टै पङ्क्तिमा नमाज पढ्न अनुमति छ, तर पर्दा (हिजाब) र नम्रताका साथ ।
यदि महिलाहरू मस्जिदमा भेला हुन्छन् भने, तिनीहरूले पुरुषहरूको पङ्क्तिहरू जस्तै पङ्क्तिहरू बनाउनु पर्छ, तिनीहरूले अलग-अलग उभिनु हुँदैन, बरु तिनीहरू एक पङ्क्तिमा उभिएर पुरुषहरूको पङ्क्ति जस्तै बीचमा खाली ठाउँहरू नछोडिएको हुनुपर्छ ।
महिलाहरूलाई पूजास्थलहरूमा पनि पुरुषहरूबाट टाढा रहन प्रोत्साहित भनेको महिलाको इज्जतप्रति इस्लामिक कानूनको ध्यान ।
मानिसहरु आफ्नो कर्म अनुसार फरक हुन्छन् ।
इमाम नववीले भने: पुरुषहरूको सबैभन्दा राम्रो पङ्क्ति (सफ) पहिलो पङ्क्ति हो र सबैभन्दा खराब पङ्क्ति अन्तिम हो त्यो सधैं हो । तर हदीसमा महिलाहरुको सफको बारेमा जुन कुरा भनिएको छ त्यो भनेको जब महिलाहरु पुरुषहरु संग नमाज पढ्छन्, तर यदि उनीहरु पुरुषहरु संग नभई उनीहरुको लागि छुट्टै बनाइएको ठाउँमा नमाज पढ्छन् भने उनीहरु पुरुषहरु जस्तै हुन्छन्; तिनीहरूको सबैभन्दा राम्रो पङ्क्ति (सफ) पहिलो पङ्क्ति हुन्छ र सबैभन्दा खराब अन्तिम हुन्छ ।
इमाम नववीले भने: हदीसमा प्रशंसा र प्रोत्साहन गरिएको प्रथम सफ भनेको इमामपछिको पहिलो सफ हो; चाहे मानिस चाँडै आएर स्थान लियोस् वा ढिलो वा खाली ठाउँमा आएर उभिए ।
التصنيفات
सामूहिक सलाहको सद्गुण र यसका नियमहरू