إعدادات العرض
यो एक प्रकारको रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।
यो एक प्रकारको रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, फातिमा बिन्ते अबू हुबैश ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रश्न सोधिन्, म इस्तीहाजा (अत्याधिक रजस्वला) बाट पीडित छु र कहिल्यै पवित्र हुन सक्दिन । के यस्तो अवस्थामा नमाज छोड्नु पर्छ ? उहाँले जवाफ दिनुभयो: "होइन, यो एक प्रकारको रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।"
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Tiếng Việt Hausa Português Kurdî Kiswahili සිංහල Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá ئۇيغۇرچە ไทย پښتو অসমীয়া دری Кыргызча or Malagasy Română Kinyarwanda বাংলা తెలుగు Lietuvių Oromoo മലയാളം Nederlands Soomaali Shqip Српски Deutsch Українська ಕನ್ನಡ Wolof Moore ქართული Azərbaycan Magyarالشرح
फातिमा बिन्ते अबू हुबैशले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधिन्, उनको रजस्वला रोकिदैन र महिनावारी बाहेकका दिनहरूमा पनि रगत बगिरहन्छ, के यो रगतलाई महिनावारीको रगत मानिनेछ र म नमाज छोड्न सक्छु ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो : यो महिनावारीको रगत होइन, यो त इस्तिहाजा (रोग) हो, जुन पाठेघरको नसा फुट्दा रगत निस्कन्छ । तसर्थ, इस्तीहाजह (रोग) को शिकार हुनु अघि सामान्य रूपमा जति दिन महिनावारी हुन्थ्यो, त्यति दिन हैज(महिनावारी) मानेर नमाज, उपवास र महिनावारीको अवस्थामा निषेध गरिएको कुराबाट टाढा बस । जब त्यो समयावधि समाप्त हुन्छ, तिमी हैज (महिनावारी) बाट शुद्ध भयौ । त्यसपछि महिनावारीबाट शुद्ध हुनको लागि रगत निस्कने ठाउँलाई राम्ररी सफा गर र पूर्ण रूपमा स्नान गर अनि त्यसपछि नमाज पढ ।فوائد الحديث
महिनावारी सकिएपछि महिलाले अनिवार्य रूपमा नुहाउनु पर्छ ।
इस्तीहाजह (रोग) को शिकार भएकी महिलाले अनिवार्य रूपमा नमाज पढ्नु पर्छ ।
हैज : एक प्राकृतिक रक्त हो, जुन वयस्क महिलाको पाठेघरबाट योनीको माध्यमबाट निश्चित दिनहरूमा निस्कने प्रक्रियालाई महिनावारी वा रजस्वला भन्ने गरिन्छ ।
इस्तिहाजा: पाठेघरको खाडलबाट नभई यसको माथिल्लो भागबाट असामयिक रगत बग्नु हो ।
महिनावारीको रगत र इस्तीहाजाको रगतमा फरक के छ भने महिनावारीको रगत कालो, बाक्लो र दुर्गन्धको हुन्छ, जबकि इस्तीहाजाको रगत रातो, पातलो र गन्धरहित हुन्छ ।
التصنيفات
महिनावारी, सुत्केरी र इस्तिहाजा