إعدادات العرض
निस्सन्देह संसार मीठो र रमणीय छ । अल्लाहले तपाईंलाई यसमा एकपछि अर्को गर्दै पठाउनुहुने छ र तपाईंले कसरी व्यवहार…
निस्सन्देह संसार मीठो र रमणीय छ । अल्लाहले तपाईंलाई यसमा एकपछि अर्को गर्दै पठाउनुहुने छ र तपाईंले कसरी व्यवहार गर्नुहुन्छ भनेर हेर्न चाहनुहुन्छ । तसर्थ, संसार (को लोभ) बाट टाढा रहनुहोस् र नारीहरूबाट सचेत रहनुहोस्
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निस्सन्देह संसार मीठो र रमणीय छ । अल्लाहले तपाईंलाई यसमा एकपछि अर्को गर्दै पठाउनुहुने छ र तपाईंले कसरी व्यवहार गर्नुहुन्छ भनेर हेर्न चाहनुहुन्छ । तसर्थ, संसार (को लोभ) बाट टाढा रहनुहोस् र नारीहरूबाट सचेत रहनुहोस् । किनकि बनु-इस्राइलको पहिलो परीक्षा महिला प्रलोभन थियो ।
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt Hausa Kurdî Kiswahili Português සිංහල Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá ئۇيغۇرچە ไทย پښتو অসমীয়া دری Кыргызча or Malagasy Kinyarwanda Română తెలుగు Lietuvių Oromoo മലയാളം Nederlands Soomaali Shqip Српски Deutsch Українська ಕನ್ನಡ Wolof Moore ქართული Azərbaycan Magyarالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, संसार स्वादमा मीठो र हेर्नमा रमणीय छ, जसले गर्दा मानिसहरू धोकामा पर्छन्, यसमा फस्छन् र यसलाई आफ्नो सबैभन्दा ठूलो लक्ष्य बनाउँछन् । अल्लाहले हामीलाई यस सांसारिक जीवनमा एकअर्काको उत्तराधिकारी बनाउनुभएको छ, ताकि उहाँले हाम्रा कर्महरू देख्न सकून्, के हामी उहाँको निर्देशन अनुसार जीवन बिताउँछौं वा उहाँका आज्ञाहरूको उल्लङ्घन गर्छौं? त्यसपछि उहाँले भन्नुभयो: यस संसारको सुखसुविधा र चमकबाट होशियार रहनुहोस् । किनभने यसले तपाईंलाई अल्लाहको आज्ञाहरू उल्लङ्घन गर्न र उहाँले निषेध गर्नुभएको कुरामा संलग्न हुन प्रलोभनमा पार्न सक्छ । संसारमा सबैभन्दा धेरै जोगिनै पर्ने फितना (प्रलोभन) हरू मध्ये एक महिलाको प्रलोभन हो । बनी इजरायलको पहिलो फितना (प्रलोभन) महिलाहरूसँग सम्बन्धित थियो ।فوائد الحديث
संसारको बाह्य चमकमा नपर्न र तकवा (इश्-भय) अवलम्बन गर्न प्रोत्साहन ।
यसमा महिलाको प्रलोभनमा नपर्न चेतावनी दिइएको छ, पुरुषहरूले पराई महिलासँग नजर मिलाउनु, उनीहरूसँग मिलेर बस्नु, वा अरु कुनै प्रकारले आकर्षित हुनुबाट सावधान गरिएको छ।
महिलाको प्रलोभन संसारको सबैभन्दा ठूलो प्रलोभनहरूमध्ये एक हो ।
हामीले विगतका उम्मतहरूबाट पाठ सिक्नुपर्छ, किनभने बानी इजरायलमा जे भयो, अरूलाई पनि हुन सक्छ ।
महिला प्रलोभनका विभिन्न रूपहरू छन् । श्रीमती हुँदा उसले कहिलेकाहीँ पुरुषलाई उसको शक्तिभन्दा बढी खर्च गर्न बाध्य पार्छिन्, जसलेगर्दा ऊ धार्मिक कार्यलाई त्यागेर जीविकोपार्जनमा अत्यधिक व्यस्त हुन थाल्छ । अपरिचित महिला हुँदा उसले छोटो र अर्धनग्न पोशाकले पर पुरुषलाई आकर्षित गर्छिन्, तिनीहरूसँग घुलमिल हुन्छ, जसले अनैतिक सम्बन्ध र व्यभिचारका विभिन्न ढोकाहरू खोल्छ । तसर्थ, आस्थावानले महिलाको फितनाबाट बचन अल्लाहको शरण लिनुपर्छ र उनीहरूको प्रलोभनबाट टाढा रहनुपर्छ ।