के तिमीहरूमध्ये जसले इमाम भन्दा अगाडि आफ्नो टाउको उठाउँछ - अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गर्दिन वा…

के तिमीहरूमध्ये जसले इमाम भन्दा अगाडि आफ्नो टाउको उठाउँछ - अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गर्दिन वा अल्लाहले उसको छविलाई गधा जस्तै बनाइदिने डर छैन ?

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के तिमीहरूमध्ये जसले इमाम भन्दा अगाडि आफ्नो टाउको उठाउँछ - अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गर्दिन वा अल्लाहले उसको छविलाई गधा जस्तै बनाइदिने डर छैन ?"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले इमामको अगाडि आफ्नो टाउको उठाउने व्यक्तिलाई अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गर्न वा उसलाई गधा जस्तो बनाउन सक्ने कडा चेतावनी दिनुभएको छ ।

فوائد الحديث

इमामको साथमा मुक्तदीको(इमाम पछाडि नमाज पढ्ने) चार अवस्था हुन सक्छ, ती मध्ये तीन अवस्थाहरू निषेधित छन् : इमाम भन्दा अगाडि जानु, उहाँसँगै जानु र ढिलो गर्नु । सही तरिका भनेको मुक्तदीले इमामको अनुसरण गर्नुपर्छ ।

मुक्तादीले इमामको अनुसरण गर्नु वाजिब हो ।

इमामको अगाडि आफ्नो टाउको उठाउने व्यक्तिको छविलाई गधाको छविमा परिवर्तन गर्ने धम्की सम्भव छ र यो एक प्रकारको विकृति हो ।

التصنيفات

इमाम र मुक्तदीसँग सम्बन्धित नियमहरू