अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिल्-कब्र, व मिन् अजाबिन्नार, व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन्…

अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिल्-कब्र, व मिन् अजाबिन्नार, व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् फित्-नतिल् मसीहिद्-दज्जाल्

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) (अन्तिम तशह्हुदपछि र सलाम फेर्नु अघि) दुआ गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो : "अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिल्-कब्र, व मिन् अजाबिन्नार, व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् फित्-नतिल् मसीहिद्-दज्जाल् ।’ मुस्लिमको हदीसमा छ : "अन्तिम तशह्हुदपछि अल्लाहसँग चार चीजहरूबाट शरण माग : 'मिन् अजाबि जहन्नम व मिन् अजाबिल्-कब्र व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् शर्रिल-मसीहिद्-दज्जाल् ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाहमा अन्तिम तशह्हुदपछि र सलाम फेर्नुअघि चार चीजहरूबाट अल्लाहसँग शरण माग्नुहुन्थ्यो र हामीलाई पनि तिनीहरूबाट अल्लाहको शरण लिन आदेश दिनुभयो । १- (मिन् अजाबिल्-कब्र) कब्रको(चिहानको) सजायबाट । २- (मिन् अजाबिन्नार) नरकको सजायबाट । अर्थात् न्यायको दिनमा । ३- (मिन् फित्-नतिल्-मह्-या) जीवनका प्रलोभनहरूबाट, जस्तै अवैध इच्छाहरू र भ्रामक शंकाहरू । (व मिन् फित्-नतिल्-ममात्) मृत्यु हुनेबेलाका समस्याहरू, जस्तै मृत्युको समयमा इस्लाम वा सुन्नतबाट विचलित हुनु वा चिहानका समस्याहरू, जस्तै दुई फरिश्ता (स्वर्गदूतहरू) को प्रश्नबाट। ४- (मिन् फित्-नतिल्-मसीहिद्-दज्जाल्) झूटा दज्जालको फित्नाबाट, जुन अन्तिम समयमा देखा पर्नेछ र जसको माध्यमबाट अल्लाहले आफ्ना भक्हतरूको परीक्षण गर्नुहुनेछ । दज्जालको फित्ना (परीक्षण) ठूलो र भयानक भएकोले यहाँ विशेष रूपमा उल्लेख गरिएको हो ।

فوائد الحديث

यो एक महत्त्वपूर्ण र व्यापक दुआ हो, किनभने यसमा यो संसार र परलोकको खराबीहरूबाट शरण खोजिएको छ ।

कब्रकोको सजायको प्रमाण र यो वास्तविक हो ।

फित्ना (परीक्षण) हरूको खतरा र तिनीहरूबाट बच्नको लागि अल्लाहको शरण खोज्ने महत्त्व ।

दज्जालको आगमनको प्रमाण र उसका फित्ना (परीक्षण) हरू खतरनाक हुनेछन् ।

अन्तिम तशाहुद पछि यो दुआ गर्नु मुस्तहब हो ।

राम्रो कामपछि दुआ गर्नु मुस्तहब हो ।

التصنيفات

सलाहमा पढिने दुआहरू