यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो…

यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, अचानक हामीले केही खसेको आवाज सुन्यौं । त्यसपछि उहाँले भन्नुभयो: "तिमीहरूलाई थाहा छ यो के (को आवाज) हो?" हामीले भन्यौं: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले भन्नुभयो: "यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले शरीर झरेको जस्तो एक विचलित आवाज सुन्नुभयो, त्यसैले उहाँले त्यो आवाजको बारेमा आफ्ना साथीहरूलाई सोध्नुभयो र तिनीहरूले भने: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई भन्नुभयो: यो त्यो ढुङ्गाको आवाज हो, जुन सत्तरी वर्षअघि नर्कको किनारबाट फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ, जसको आवाज तिमीहरूले सुन्यौ ।

فوائد الحديث

पुण्य कर्म गरेर अन्तिम दिनको तयारी गर्न प्रोत्साहन र नर्कबाट चेतावनी ।

मानिसले ज्ञान नभएको कुराको बारेमा अल्लाहलाई ज्ञानको श्रेय दिनु (अल्लाहु आअ्लम् भन्नु) मुस्तहब हो ।

शिक्षकले व्याख्या गर्नु भन्दा पहिले (दर्शक) को चासो र ध्यान केन्द्रित गर्नु; ताकि बुझ्न सजिलो होस् ।

التصنيفات

स्वर्ग र नर्कको वर्णन