إعدادات العرض
मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि…
मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने गवाही दिने, नमाज स्थापना गर्ने, जकात तिर्ने, हाकिम प्रति वफादारी गर्ने र हरेक मुस्लिमको कल्याण गर्नेछु भनेर बैअत (प्रतिज्ञा) गरें ।
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ भन्ने गवाही दिने, नमाज स्थापना गर्ने, जकात तिर्ने, हाकिम प्रति वफादारी गर्ने र हरेक मुस्लिमको कल्याण गर्नेछु भनेर बैअत (प्रतिज्ञा) गरें ।
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Kurdî Kiswahili Português සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá Tiếng Việt پښتو অসমীয়া دری Кыргызча or Malagasy Čeština Oromoo Română Nederlands Soomaali తెలుగు മലയാളം ไทย Lietuvių Српски Kinyarwanda Shqip ಕನ್ನಡ Wolof Українська Moore ქართული Magyarالشرح
सहाबी जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग तौहीद (एकेश्वरवाद) मा अडिग रहन, दिन र रातमा पाँच अनिवार्य सलाह (नमाज) हरू यसका सर्तहरू, स्तम्भहरू, वाजिब र सुन्नतहरूको साथ स्थापना गर्न, फर्ज जकात दिन (जकात एक आर्थिक उपासना हो जुन धनी व्यक्तिहरूबाट लिइन्छ र गरिब तथा हकदारहरूलाई दिइन्छ), हाकिम र सरोकारवालाहहरूको आज्ञापालन गर्न र प्रत्येक मुस्लिमप्रति इमानदार भइ उसको फाइदा हुने र नोक्सानीबाट बचाउने सर सल्लाह दिने कुरामा प्रतिबद्धता र वाचा गरे ।فوائد الحديث
सलाह र जकातको महत्व र यी दुवै इस्लामका स्तम्भहरू हुन् ।
मुस्लिमहरू बीच नसीहत र सल्लाहको महत्त्व, यहाँसम्म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबा (रजियल्लाहु अन्हुम) हरूलाई वफादारीको प्रतिज्ञा लिनुभयो ।
التصنيفات
सलाहको सद्गुण