यदि तिमीहरू मध्ये कसैको आफ्नो भाइसित भेट भयो भने उसलाई सलाम गरोस् । फेरि यदि उनीहरूको बीचमा कुनै रुख वा गारो वा…

यदि तिमीहरू मध्ये कसैको आफ्नो भाइसित भेट भयो भने उसलाई सलाम गरोस् । फेरि यदि उनीहरूको बीचमा कुनै रुख वा गारो वा ढुङ्गाले छेक्यो र पुनः भेट भयो उसलाई सलाम गरोस् ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : यदि तिमीहरू मध्ये कसैको आफ्नो भाइसित भेट भयो भने उसलाई सलाम गरोस् । फेरि यदि उनीहरूको बीचमा कुनै रुख वा गारो वा ढुङ्गाले छेक्यो र पुनः भेट भयो उसलाई सलाम गरोस् ।

[सही] [अबू दाऊदले वर्णन गरेका छन्]

الشرح

नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले मुसलमानले आफ्नो मुस्लिम भाइसित जब जब भेट भए पनि सलाम गर्नु पर्छ भनेर प्रोत्साहन दिँदै हुनुहुन्छ । यहाँ सम्म कि दुवै जना संगै हिँड्दै छन् र उनीहरू दुवैलाई बीचमा कुनै कुरा आएर छुट्याइ दियो जस्तै ; कुनै रुख, वा गारो अथवा ठूलो ढुङ्गा र फेरि पछि उसको भेट भयो भने अर्को पटक सलाम गर्नुपर्छ ।

فوائد الحديث

सलाम फैलाउनु ( मुस्तहब ) राम्रो मानिएको हो , चाहे हाल बदलिनाले बारम्बार नै किन न गर्नु पर्ने होस् ।

नबी (सल्लल्लाहु अलैहि वसल्लम)को सलाम फैलाउने सुन्नतको मामिलामा सख्ती किनभने यसले मुस्लिमहरूबीच प्रेम र एकता कायम गराउँछ।

सलाम (अभिवादन ) भनेको पहिलो पटक भेट हुँदा हात मिलाउनु बाहेक अस्सलामु अलैकुम (तिमी माथि शान्ति होस् । ) वा अस्सलामु अलैकुम व रहमतुल्ल्लाहि व बरकातुह ( तिमी माथि शान्ति होस् र अल्लाहको दया र सह (बरकत) होस्) भनेर भन्नु हो ।

सलाम दुआ हो र मुसलमानहरू एकले अर्कोलाई दुआ दिनु आवश्यक छ, चाहे यो बारम्बार नै किन न होस् ।

التصنيفات

सलाम (अभिवादन) र अनुमति माग्ने शिष्टाचार