“जब मुसलमानलाई कब्रमा प्रश्न गरिनेछ, तब उसले यसरी उत्तर दिनेछ : 'अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद…

“जब मुसलमानलाई कब्रमा प्रश्न गरिनेछ, तब उसले यसरी उत्तर दिनेछ : 'अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ।'

बराअ बिन आजिब (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: “जब मुसलमानलाई कब्रमा प्रश्न गरिनेछ, तब उसले यसरी उत्तर दिनेछ : 'अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ।' यही अर्थ निम्न कुरआनको आयतले पनि व्यक्त गरेको छ : ‘अल्लाहले आस्थावान्हरूलाई दृढ वचनद्वारा सांसारिक जीवन र परलोक दुवैमा दृढता प्रदान गर्नुहुन्छ।’ (इब्राहीम: २७)”

[सही] [मुत्तफकुन अलैहि]

الشرح

मुमिनसँग कब्रमा प्रश्न गरिनेछ, यसका लागि तोकिएका 'मुन्कर' र 'नकीर' नामक दुई स्वर्गदूतहरूले उसलाई सोध्नेछन्, र विभिन्न हदीसहरूमा उनीहरूको यही नाम उल्लेख गरिएको छ। अतः आस्थावान् व्यक्तिले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ भनेर गवाही दिनेछ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको निम्न भनाइमा 'सत्य र दृढ वचन' भन्ने कुराको यही मतलब हो भन्नुभएको छ, अल्लाहले भन्नुहुन्छ: {अल्लाहले मोमिनहरूलाई सत्य वचन (तौहीद) द्वारा लोक र परलोकमा दृढता प्रदान गर्नुहुन्छ} [सूरह इब्राहीम: २७]

فوائد الحديث

कब्रमा गरिने प्रश्न सत्य हो।

यस हदीसमा अल्लाहले आफ्ना आस्थावान् भक्तहरूलाई संसार र परलोक दुवैमा सत्य वचन (एकेश्वरवाद) मा दृढ र अडिग बनाइ राख्ने आशिर्वाद बारे व्याख्या गरिएको छ।

यस हदीसमा एकेश्वरवादको गवाही (शहादत-ए-तौहीद) को महानता र सोही आस्थामा मृत्यु हुनुको विशेषता स्पष्ट गरिएको छ।

अल्लाहले आस्थावान् व्यक्तिलाई यसरी स्थिरता प्रदान गर्नुहुन्छ:

- संसारमा: ईमान (आस्था) मा अडिग रहन र सिधा मार्गमा हिँड्नका लागि।

- मृत्युको समय: एकेश्वरवाद (तौहीद) माथि दृढ रहँदै मृत्युलाई अँगाल्नका लागि।

- कब्रमा: फरिश्ताहरूको प्रश्नोत्तरको बेला पनि सत्यमा अडिग रहनका लागि।

यसरी, अल्लाहले आस्थावान्लाई जीवनका यी तीन महत्त्वपूर्ण अवस्थाहरूमा स्थिरता प्रदान गर्नुहुन्छ।

التصنيفات

बर्जखको जीवन