إعدادات العرض
यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी [सहज तरिकाले]…
यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी [सहज तरिकाले] जीविका दिनुहुनेछ जसरी चरा लाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी [सहज तरिकाले] जीविका दिनुहुनेछ जसरी चरा लाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
الترجمة
العربية বাংলা Bosanski English Español Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili فارسی தமிழ் සිංහල မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە ไทย دری Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски O‘zbek Moore Malagasy тоҷикӣ Oromoo Wolof Soomaali Български Українська Tagalog Azərbaycan ქართული bm Lingala Македонскиالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई सम्पूर्ण मामिलाहरुमा अल्लाहमा भरोसा गर्न प्रेरित गर्दै हुनुहुन्छ चाहे सांसारिक मामिला होस् वा धार्मिक मामिला साथै त्यो लाभ प्राप्तिको होस् वा हानिबाट बच्नको लागि । किनकि प्रदान गर्ने वाला र रोक्ने वाला, हानि गर्ने र फाइदा दिने वाला एक अल्लाह मात्र हुनुहुन्छ । हामीले अल्लाहमा इमान्दारीपूर्वक भरोसा राखेर फाइदा पुर्याउने र हानिबाट जोगाउने कामहरू गर्नुपर्दछ । जब हामी यसो गर्छौं, अल्लाहले हामीलाई भोकाएका पंक्षीहरू जस्तै जीविकोपार्जन दिनुहुन्छ, जो बिहान भोकै बाहिर निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् । वास्तवमा, चराहरूको यो कार्य निर्भरता र आलस्य बिना जीविका खोज्ने एक प्रयास हो ।فوائد الحديث
अल्लाहमा भरोसा गर्ने सद्गुण र अल्लाहमा भरोसा गर्नु नै जीविका प्राप्तिको प्रमुख कारण हो ।
आफैले उपाय लाउनु र साधन अपनाउनु अल्लाहमाथि भरोसाको विरुद्ध होइन, किनकि जीविकाको खोजीमा बिहान र बेलुका बाहिर निस्कनु अल्लाहमाथिको वास्तविक भरोसाको हो भनेर उहाँले उल्लेख गर्नुभएको छ ।
शरीयतले हृदयको नियती तर्फ पनि ध्यान केन्द्रित गर्दछ, किनकि अल्लाहमा भरोसा गर्नु हृदयको नियती हो ।
साधनमा मात्र भर पर्नुको अर्थ व्यक्तिमा धार्मिकताको कमी दर्शाउछ भने अल्लाहमा भरोसा गर्ने नाममा साधनलाई त्याग्नुको अर्थ व्यक्तिमा विवेकको कमीलाई झल्काउँछ ।
التصنيفات
हृदय कार्यका गुणसद्गुणहरू