إعدادات العرض
जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ
जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ
जुनदुब बिन अब्दुल्लाह अल- कस्री (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले बिहानको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षामा हुन्छ । त्यसैले, अल्लाहको जिम्मेवारीमा रहेका व्यक्तिलाई कुनै नोक्सान पुर्याउन हुन्न। यदि अल्लाहले आफ्नो जिम्मेवारीमा हस्तक्षेप गरेको कारण कसैलाई समाउन चाहनुभयो भने, उहाँले सजिलोसंग समात्छन् र उसलाई जहन्नमको आगोमा उँधो मुन्टो फ्याँक्छन् ।
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands සිංහල Hausa دری Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски O‘zbek Moore Wolof Soomaali Български Українська Azərbaycan ქართული тоҷикӣ bm Македонски Ελληνικά ភាសាខ្មែរ አማርኛ Malagasy Oromooالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भनिरहनु भएको छ, जसले फजरको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षा र निगरानीमा हुन्छ । अल्लाहले उसको रक्षा गर्नुहुन्छ, उसको लागि बदला लिनुहुन्छ र सहायता गर्नुहुन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो सुरक्षा उल्लङ्घन नगर्न चेतावनी दिनुभयो । यो सुरक्षा तोड्ने एउटा रूप फजर नमाज छोड्नु हो र अर्को रूप फजर नमाज पढ्ने व्यक्तिसँग दुर्व्यवहार हो । जसले यसो गर्दछ, उसले यस संरक्षणको पर्खाललाई भत्कायो र अधिकार बेवास्ता गरेकोमा अल्लाहले उसलाई आफ्नो सामु उपस्थित गराउनु हुनेछ र जसलाई अल्लाहले आफ्नो सामु हाजिर गराउनु हुनेछ, त्यसलाई उसको अनुहार घिसार्दै नरकमा फालिदिनु हुनेछ ।فوائد الحديث
फजर नमाजको सद्गुण र महत्व ।
फजर नमाज पढ्ने व्यक्तिलाई दुर्व्यवहार गर्ने विरुद्ध कडा चेतावनी ।
अल्लाहले आफ्नो धर्मका सेवकहरूसगँ दुर्व्यवहार गर्नेहरूबाट बदला लिनुहुन्छ।
التصنيفات
सलाहको सद्गुण