एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?"…

एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?" उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु र परिचित तथा अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु।

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?" उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु र परिचित तथा अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित सोधियो: इस्लामका कुन गुणहरू सबैभन्दा उत्कृष्ट छन्? उहाँले निम्न दुई गुणहरू उल्लेख गर्नुभयो: पहिलो: गरिबलाई पटकपटक खान खुवाउनु, जसमा सद्का, उपहार, पाहुना सत्कार र भोज सामेल हुन्छ। विशेषगरी अनिकाल र उच्च महँगीको समयमा खुवाउनुको ठूलो महत्व छ । दोस्रो: परिचित वा अपरिचित हरेक मुस्लिमलाई सलाम (अभिवादन) गर्नु ।

فوائد الحديث

सहाबाहरू लोक परलोकमा फायदा पुर्याउने गुणहरू जान्न उत्सुक थिए ।

सलाम गर्नु र खाना खुवाउनु इस्लामका उत्कृष्ट कार्यहरू हुन्; किनभने यसका छुट्टै सद्गुण छन् र मानिसहरूलाई सधैं यसको आवश्यकता हुन्छ ।

यी दुई गुणहरूले, वचन र कर्ममा परोपकारको संयोजन हुन्छ, जुन दया र परोपकारको उत्तम रूप हो ।

यी विशेषताहरू मुस्लिमहरूबीचको व्यवहारसँग सम्बन्धित छन् , भक्त र उसका परमेश्वर बीचको व्यवहारका लागि पनि केही विशेषताहरू रहेका छन्।

सलाम (अभिवादन) मा पहल गर्नु मुस्लिमहरूबीच मात्र सीमित छ, त्यसैले गैर-मुस्लिमहरूलाई अभिवादन गर्न पहल गर्नु हुँदैन ।

التصنيفات

सद्गुण र आचरण, सलाम (अभिवादन) र अनुमति माग्ने शिष्टाचार